दमक/
भदौ अन्तिम साता सदनमा पेस भएको शिक्षा सम्बन्धीको विधेयकलाई लिएर अहिले देशभरीका शिक्षकहरु आन्दोलनमा उत्रीएका छन् ।
खासगरि सामुदायीक विद्यालयमा अध्ययन गराउने शिक्षक तथा कर्मचारी समेत आन्लोलनमा होमिएका हुन ।
उनीहरुले भदौ ४ गते देखी देशभरका सबै विद्यालयको पठन पाठन ठप्प पारेर सडक अन्दोलन गर्न काठमाडौ होमिने तयारी गरेका छन् ।
गरिव तथा विपप्पन्न समुदायका समेत छोराछोरी पढ्ने विद्यालयहरु बन्द गराएर शिक्षकहरु आन्दोलनमा होमिदा उनीहरुको भष्विय अन्यौल पर्ने निश्चित छ ।
यो पटकको आन्दोलनबाट आफुहरु एक इञ्च पनि पछि नहट्ने भन्दै शिक्षकहरु आन्दोलनमा उत्रीने भएका छन् ।
आन्दोलनका कार्यक्रम स्थगित गरि शिक्षकहरुलाई वार्तामा आउन सरकारले हिजो एक बिज्ञप्ती निकालेर आह्वान गरेपनि उनीहरु वर्तामा समेत नबस्ने भन्दै आन्दोलन गर्न काठमाडौमा भेला हुने तयारी गरिरहेका छन् ।
यसै सन्दर्भमा झापाबाट मात्रै एक सय भन्दा बढि बसहरु रिजर्व गरेर शिक्षकहरु काठमाडौ जाने तयारी गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय प्रतिनिधी, मोहन कुमार बगालेले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
बगालेका अनुसार जिल्लाका सबै विद्यालयले अभिभावकहरुलाई सार्वजनिक रुपमा जानकारी गराउँदै विद्यालयको पठन पाठन बन्द हुने र आन्दोलनमा जाने तयारी भएको छ ।
‘सबै विद्यालयका सबै शिक्षक र कर्मचारीहरु काठमाडौ जाँदैछौ । ’ बगालेले भन्नु भयो सरकारले शिक्षकलाई निकै हेप्न खोज्यो यो पटक हामी शशक्त आन्दोलन गर्ने छौ । सरकारलाई घुँडा टेकाउने नै छौ ।’
यता यो आन्दोलनलाई झापाबाट नेतृत्व गर्नु भएका द्रोण श्रेष्ठ भन्नु हुन्छ ‘हामी ०३८ सालको आन्दोलन सम्झाउने गरि यो पटक सरकारलाई आफ्ना समस्या राख्ने छौ ।
‘बरु यो पटक शहिद हुन तयार छौ तर हामी हाम्रो मागबाट एक इञ्चपनि पछि हट्ने छैनौ ।
श्रेष्ठले उज्यालो खवरसँग कुरा गर्दै भन्नु भयो ।
श्रेष्ठसँगको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।
ऐनमा सम्बोधन हुनु पर्ने मागमुद्धाहरु शिर्षकमा महासंघले जारी गरेको विभिन्न १८ बुँदा सहितको प्रेस विज्ञप्ति, स्थानीय सरकार माहतहत हुने शिक्षकको व्यवस्थापन प्रतिको असहमतीमा केन्द्रित छ ।
विद्यालय तह सम्म स्थानीय सरकार मातहत हुने संविधानले गरेको व्यवस्था प्रति शुरु देखि नै शिक्षक नेताहरु असहमत हुँदै आएका छन् । सोही असहमतीका कारण पटक पटक ऐन बन्ने प्रकृया नै अवरुद्ध हुँदै आएको छ ।
संविधानले गरेको व्यवस्था कार्यान्यन गर्न ८ बर्ष देखि प्रतिक्षारहित शिक्षा ऐन निर्माणको काम यस पटक पनि थप पेचिलो हुने संकेत देखिएको छ । सदनमा दर्ता भएको विधेयकक टेवल हुन नपाउँदै शिक्षक नेताहरुले आफ्ना कार्यकर्तालाई काठमाडौ उतारेर सडक आन्दोलन गर्ने सार्वजनिक गरेका छन् ।









