भोजपुर दोस्रो चरणमा

दमक /

दमकमा चलिरहेको  दोस्रो रोयल महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा आज   भोजपुर नगरपालिकाले जीत सुरुवात गरेको छ ।
उदयपुरको बसाहा फुटबललाई  सुन्यका बिरुद्ध दुई गोल गर्दै भोजपुर बिजयी भएको हो ।
दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको सो खेलमा विजयी भएसँगै भोजपुर दोस्रो चरणमा प्रवेश गरेको छ ।
 प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा धरान महिला फुटबल क्लब सुनसरी र टसि ब्वाइज क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकका टिम व्यवस्थापन संयोजक इजु तामाङले जानकारी दिए ।
कात्तिक ५ गते सम्पन्न हुने प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र विधागततर्फ वोमेन अफ द म्याच, बोल्डन बल अवार्ड, गोल्डेन बुट अवार्ड ,गोल्डेन ग्लोभ्स अवार्ड र रोयल वेष्ट राईजिङ प्लेयर अवार्डबाट उत्कृष्ठ हुने एक ,एक जना खेलाडीलाई समेत जनही नगद २ हजार तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक राजु खड्काले जानकारी दिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु