विद्यार्थीलाई दशै बुझाउँदै विद्यालय, ‘स्कुल’मै टिका,जमारा र लीङ्गे पीङ(भिडियो सहित)

 

दमक/

एक जनाको हातमा रातो टिका मुछेको थाली छ । छेउमै अर्का जना थालमा जमारा लिएर बस्नु भएको छ । अनी साथमा अर्का एक जना नयाँ नयाँ नोटका दक्षीणा बोकेर ।

लाईन लागेर सानो देखी ठुलाहरुले टिका ग्रहण गरिरहेका छन् । आर्शिवाद लिने काम गरिरहेका छन् । टिका लगाइसक्नेहरु छेउमा गाडीएको लिङ्गे पीङमा भुई छोडेर आनन्द लिरहेका छन् ।

यी दृष्य हेर्दा लाग्छ यहाँ निकै धुमधामका साथ दशैको टिका लगाइरहिएको छ । यो यहाँ दशैकको टिकानै लगाइएको हो । तर यो कुनै घर परिवारमा भने होईन । परिवार हो । तर विद्यालयको ।

विद्यार्थीलाई दशै भाव जगाउन , दशैको महत्व बुझाउन यो प्रकारको कार्यक्रम गर्ने विद्यालयको नाम हो स्मारिका सामुदायीक अग्रेजी बोर्डिङ स्कुल कमल ५ झापा ।

यहाँ विद्यार्थीहरु आफैले जमारा राख्ने दिन जमारा पनि राखेका थीए । त्यहि जमारा लगाएर उनीहरुले दशैको टिका लगाएका छन् । उनीहरुले नै बनाएको दुर्गा पुजाको जग्गे पनि निकै सज्जी सज्जावट तरिकाले बनाएमा पनि छन् । यी सबै काम गर्न विद्यालयले विद्यार्थीलाई सिकाएको हो ।

यसबाट हामीले मनाउने पर्वहरुको महत्व विद्यार्थी आफैले प्रयोग गरेर बुझ्नु पर्छ । यसका सस्कार र सस्कृतीका बारेमा जान्नु पर्छ भनेर यो प्रकारको कार्यक्रम गरिएको विद्यालयका शिक्षक सुजन विष्टले बताउनु भयो ।

 

केहि विद्यार्थीहरु नयाँ लुगामा टिका लगाउन आएका थीए । उनीहरुले दशैको भाव झल्काने गरिका विभिन्न दृश्यका चित्रहरु बनाएर विद्यालयको प्राङ्गणमा झुण्डाएका पनि थीए । चङ्गाको चित्र टासिएका थीए । विद्यालय प्राङ्गणमै लिङ्गे पीङ विद्यार्थीकै सकृयतामा गाडीएको थियो । यी सबै कृयाकलपाले आफ्नो सस्कृतीलाई नजिकबाट चिन्न सकेको विद्यार्थीहरुले प्रतिकृया दिएका छन् ।

स्मारिका स्कुलमा विद्यार्थीहरुलाई पढाउनेसँगै विभिन्न बाहिरी ज्ञानका कुराहरु सिकाउने पनि काम गर्दै आइएको विद्यालयका प्रन्सिपल गुणराज गिरीले जानकारी दिनुभयो ।

भिडियोमा हेरौ

दशै के हो र कसरी मनाउने ? विद्यार्थीलाई प्रयोग गरेर बुझाउँदै विद्यालय, – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु