परालबाट पीरा बुन्न सिक्दै विद्यार्थी (भिडियोमा हेरौ)

दमक/
पछिल्लो समय हाम्रा सस्कार र सस्कृतीहरु लोप हुँदै गएका छन् । परम्पारगत पोषाक तथा सामाग्रीहरुको प्रयोग गर्ने प्रचलन हराउँदै गयो । नयाँ पुस्तासँग केहि वर्ष अघीका मात्रै कुरा गर्ने हो भने त्यसबारेमा अनबिज्ञता जनाउँछन् । जुन स्वभावीक पनि हो ।

परालबाट पीरा बुन्न सकिन्छ । गुन्द्री बुनेर त्यसमा बस्न सकिन्छ अथवा ओछ्यानमा प्रयोग पनि गरिन्छ भन्ने कुरा शहर बजारका बालबालिकाहरुकालागि नौलो लाग्न सक्छ ।
बजारका विद्यालय जाने बालबालिकाहरुले पराल देखेका होलान । तर त्यसलाई गाईबस्तुले खाने घाँसको रुपमा मात्रै प्रयोग गर्छन होला भन्ने लाग्नु स्वभाविक नै हो । किनकी बालबालिकाहरुलाई परालबाट बन्न सक्ने अन्य विभिन्न घरायसी सामाग्रीको बारेमा बताइएकै छैन । जानकारीनै छैन ।
यही कुरालाई मद्यनजर गरेर झापाको कमलमा रहेको स्मारिका सामुदायीक अग्रेजी विद्यालयले विद्यार्थीहरुलाई परालबाट पीरा बुन्ने काम सिकाइरहेको छ ।
विद्यार्थीहरुपनि खुव चाख दिएर सिकिरहेका थीए । आफ्नो पुर्खाहरुले प्रयोग गरेको सामाग्री आज आफै बनाउन सिक्दा उनीहरुमा पनि अनौठो जस्तो लागेको थियो । यद्यपी यस्ता कुरा बनाउन सिक्नु आफ्नोलागि गर्भको कुरा रहेको उल्लेख गरिरहेका थीए ।

विद्यार्थीहरुलाई कितावी ज्ञान मात्रै नभएर व्यवहारीक ज्ञान पनि सिकाउनु पर्छ भनेर विद्यालयले बिभिन्न सिप सहितको शिक्षा पनि दिने गरेको छ । यसै सन्दर्भमा कक्षा नौ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई परालबाट पीरा र गुन्द्री बनाउन सिकाउने काम गरिएको छ । यसबाट उनीहरुले पीरा र गुन्द्री कसरी बन्दो रहेछ भन्नेबारेमा सिके भने यसको महत्वका बारेमा समेत जानकारी पाएको शिक्षीका सोनिका बुढाथोकीले बताउनु भयो ।

बालबालिका काँचो माटो हुन उनीहरुलाई कस्तो बनाउने भन्नेबारेमा सानै देखी अभिभावक र विद्यालयले ध्यान दिने हो भने ती असल नागरिक बन्न सक्छन् । यही कुरालाई आत्मसाथ राख्दै विद्यार्थीको रुची अनुसार अतिरिक्त सिप सहितको शिक्षा समेत यहाँ दिइरहिएको विद्यालयका प्रधानाध्यापक गुणराज गिरीले बताउनु भयो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु