विद्यार्थीलाई सेलरोटी बनाउन सिकाउने शिक्षा (भिडियो रिपोर्ट)

दमक/
घरमा बिभिन्न पर्वका बेलामा होस वा विभिन्न धार्मिक तथा अन्य कर्मका बेलामा, नेपाली चुल्होमा पाक्ने महत्वपूणर् परिकार हो सेल रोटी ।
सेल रोटी बनाउने बिभिन्न उपरकणहरु पनि बजारमा पाउँछन् । सेलरोटी पकाउने उपकरणहरु पाउनुको पछाडि चाहि पछिल्लो समयको पुस्तारुहले हातलेनै सेलरोटी बनाउन नजानेर पनि हो ।

 

सिक्न नखोज्नु । घर परिवारले पनि सिक्न रोक्नु । सुरु देखीनै घरका काम कम लगाउनु तथा जिम्मेवारबोध कम गराएर पनि यस्ता घरायसी कामहरुमा नयाँ पुस्ताहरुले उती भेउ पाइरहेका छैनन ।

 

तर झापाको कमल गाउँपालिकामा रहेको स्मारिका सामुदायीक अग्रेजी माद्यमीक विद्यालयले भने विद्यार्थीहरुलाई व्यवहारीक सिप पनि सिकाउने गरेको छ । यसै सन्दर्भमा विद्यालयको प्राङ्गणमै कक्षा पाँचमा अध्ययन गर्ने विद्यार्थीहरु भेला पारेर सेलरोटी पकाउन सिकाइएको छ ।

 

चामलको पीठोमा कति पानी पानी हाल्ने, ताईमा तेल कति हालेर कतिबेर सम्म तताउने र तातेको तेलमा सेलरोटी कसरी घुमाउने भन्ने कुरा विद्यालयले विद्यार्थीलाई सिकाउने गरेको छ ।

विद्यालययको यो अतिरिक्त सिकाईमा समावेश गरिएको यसै विद्यालयकी शिक्षीका पुष्पा गिरीले जानकारी दिनु भयो । उहाँ भन्नु हुन्छ ‘विद्यार्थीहरुलाई घरायसी काम पनि विद्यालयमै सिकाइरहेका छौ यसले उनीहरुमा व्यवहारीक बन्न मद्यत पुग्न सक्छ भन्ने हाम्रो विस्वास हो । ’

विद्यालयको प्राङ्गणको एउटा कुनामा माटोमो चुल्हो बनाइएको छ । चुल्होमा केहि दाउरा छन् । ती दाउरा राम्रोसँग बल्न नपाएर पत पती धुवाइरहेका छन् । धुवाका कारण विद्यार्थीहरु आँखाबाट आँशु निकाल्दै भएपनि खुव चाख दिएर सेल रोटी बनाउन सिकिरहेका छन् । उनीहरु भन्छ्न ‘घरमा आमाहरुले सेलरोटी बनाएको देखेका थियौ । खादा मिठो लाग्छ । घरमा बनाउन दिनु भएको थीएन । विद्यालयमा बनाउन सिक्दै छौ ।’

यहाँ सिक्ने विद्यार्थीहरुले अहिले सम्म कहिलै रोटी पकाउने अभ्यास नगरिएको प्रतिकृया दिएका छन् । पहिलो पटक यस प्रकारको चामलको पीठोमा हात हालेको र यसरी रोटी पकाउने अभ्यास उनीहरुले गरेका हुन ।

 

पहिलो पटक भएकोले उनीहरुले राम्रोसँग हात घुमाएर सेल रोटी बनाउन जानेनन् । यसलाई निरन्तर सिकाएर केहि समयपछि घरमा हुने विभिन्न खाले कार्यक्रममा उनीहरुलाई रोटी पकाउन जान्ने गरिको बनाउने विद्यालयका प्रधानाध्यपक गुणराज गिरीले उज्यालो खवरलाई जानकारी दिनु भयो ।

भिडियो रिपोर्ट हेरौ

विद्यार्थीलाई सेलरोटी बनाउन सिकाउने शिक्षा (भिडियो) – YouTube

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु