दमकको फोहोर संकलन समस्याः वनसँग वार्ता गर्न समिती बन्यो, तर वन भन्छ ‘भोगाधिकार नलिएसम्म फोहोर फाल्नै दिदैनौ’ (भिडियो रिपोर्ट )

दमक/
झापाको दमकमा सात दिन देखी फोहोर उठ्न सकेको छैन । फोहोर उठाउने जिम्मा लिएको नेक्स्ट इरा इनर्जी प्रालि फोहोर फाल्ने ठाउँ उपलब्ध नगराएसम्म फोहोर नउठाउने अड्डी कसेर बसेको छ । यता दमक नगरपालिका फोहोर फाल्ने ठाउँ खोज्न वार्ता समिती बनाएर अघी बढ्न खोजीरहेको छ । जेजे गरेर भएपनि दमकको फोहोर उठ्नु पर्छ । दमक सफा हुनु पर्छ । यो आम दमक बासीको माग हो । सात दिन देखी फोहोर नउठेपछि यहाँका केहि सामाजीक सस्थाहरुले फोहोर उठाउन थालेका छन् । त्यसरी संकलन गरिएको फोहोर आफ्नै जग्गामा खाडल खनेर पुर्ने भन्दै उनीहरुले फोहोर उठाइरहेका छन् । यो दमक नगरपालिका र फोहोर संकलन गर्नेहरुकालागि एउटा दवाव रहेको फोहोर संकलन गरिरहेको सुन्दर समाज नेपाल दमककी अध्यक्ष बिन्दु सिटौला लक्कीले बताउनु भयो ।

एक साता देखी दमक वासी फोहोरको दुर्घन्द सहेर बसीरहेका छन् । बाटाभरी फोहोर असरल्ल छरिएका छन् । यसले दमकको सुन्दरतामा प्रश्न चिन्ह त उठाएको छ नै यसले दमकबासीको स्वास्थ्य जस्तो संवेदनशिल कुरामा पनी चिन्ता बढाइरहेको छ । फोहोर फाल्ने ठाउँ खोज्नु र त्यसको उपलब्धता गराइदिनु दमक नगरपालिकाको दायीत्व हो । .यस अघी अहिले अर्थात नेक्स इरा इनर्जी प्रालीको परियोजना सञ्चालन भएको पूर्व पट्टि रतुवा नदिको किनारमा खाडल खनेर गाड्ने गरिन्थ्यो । तर अहिले त्यो ठाउँ भरीएको र अव फाल्नेनै ठाउँ नभएपछि फोहोर उठाउन स्थगीत गरिएको छ । दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले फोहोर नउठेको सात दिन पछि सर्वपक्षीय भेला गराएर यसको निकास निकाल्न छलफल गराउनु भएको छ । छलफलमा उहाँले तीनवटा विकल्पका बारेमा फल्लोरलाई जानकारी पनि गराउनु भयो । उहाँका अनुसार अहिले परियोजना सञ्चालन भएको पूर्व उत्तर तर्फको क्षेत्रमा, परियोजना सञ्चालन भएको दक्षिण पूर्व तर्फ र अर्को विकल्प रवि जाने सडकको पश्चिम पट्टि फोहोर फाल्न सकिने विकल्पका बारेमा बैठकमा राख्नु भयो ।

तर यी सबै क्षेत्र वनको क्षेत्रमा पर्छ । अर्थात यहाँ रहेको हंसे दुम्से सामुदायीक वनमा पर्छ । यही वनसँग दिर्घकालीन रुपमा काम गर्ने गरि गुरु योजनानै बनाएर काम गर्ने भनेर वनसँग वार्ता गर्ने भन्दै वाता समिती बनाइएको छ । नगर प्रमुख राम कुमार थापाको संयोजकत्वमा गठीत सो वार्ता समितीमा उप प्रमुख रेगिना भट्टराई, प्रमुख प्रशाषकिय अधिकृत गणेश कार्की सहित छलफलमा आएका विभिन्न ५ राजनैतिक दल, दमक उद्योग वाणिज्य सघं लगायत प्रतिनिधी रहेका छन् । तर यस्ता वार्ता समितीबाट कुनै निचोड ननिस्कने र सोझै दमक नगरपालिकाले नेपाल सरकारको मन्त्री परिषदबाट निर्णय गराएर नल्याए सम्म यहाँ कुनै काम गर्नै नदिने डीभिजन वन कार्वालय झापाका प्रमुख मेघराज राईले बताउनु भयो ।

दमकमा अहिले खास गरेर नकुने फोहोर र बर्गीकरण नगरिएका फोहोरहरु नउठेका हुन । कुहिने फोहोरबाट अहिले उर्जा उत्पादन र प्राङ्गारीक मल उत्पादनको काम भइरहेको छ ।

भिडियोमा हेरौं 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चुनावी हारबाट निराश नहुन कार्यकर्तालाई विद्या भण्डारीको आग्रह

काठमाडौँ,३ मंसिर । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साहित नहुन पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएको छ । राष्ट्रिय भेलाको

सरकारबाट अपदस्त गरेदेखि नै एमालेमाथि प्रहार सुरु भएको हो : ओली

काठमाडौं,३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताँउनु भएको छ।

एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं ,३ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुनु भएको छ । बिहीबार

प्रधानमन्त्री बालेनको भारत भ्रमणबाटरे झापा ५ बासीको सन्देश कस्तो?

दमक, ३ मंसीर । यो झापा ५ हो । यहीबाट झापा ५ बासीले बालेन्द्र शाहलाई अत्याधीक मत दिए र देशभरको मत परिणामपछि शाह प्रधानमन्त्री समेत

दोस्रो झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा झापा ११ र पोखरा खेल्ने

बिर्तामोड, मंसिर ३ । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही मंसिर ५ गतेदेखि

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त