‘वेस्ट पेपर’बाट ‘यूजेज पेपर’ बनाउन सिक्दै विद्यार्थी (भिडियोमा हेरौ)

दमक/
तपाईहामीले लेखीसकेका कपी वा अन्य कागज के गछौ ? जवाफ सामान्य छ । कि डढाउँछौ, कि अत्यन्तै न्यूनमम पैसामा कवाडीलाई बेचि दिन्छौ । वा यत्तीकै फाल्ने गछौ ।

तर झापाको कमल ५ मा रहेको स्मारिका सामुदायीक अग्रेजी माद्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई खेर जाने त्यस्ता कागजको सहि सदुपयोग गराउने तरीका बारेमा सिकाएको छ ।

यो सिकाई कुनै मौखिक वा सैदान्तीक जानकारी गराएर मात्रै हैन । विद्यार्थीलाईनै सँगसँगै राखेर उनीहरुको सहभागीतामा खेर जाने कागजलाई पूःन प्रयोग गर्न मिल्ने कागज बनाउन सिकाइरहिएको छ ।
यही विद्यालयको कक्षा ६ मा अध्ययनरत समीज्ञा शाहले खेर जाने कागजलाई फेरी प्रयोग गर्न मिल्ने गरीको बनाउने तरीका सिक्नु भयो । त्यसका विभिन्न प्रक्रियाबारे बताउँदै शाह भन्नु हुन्छ हामीले नयाँ कुरा सिक्न पायौ ।

प्रयोग गरिसएिको एउटा कागज, त्यो कागजलाई च्यातेर साना साना टुक्रा बनाइएको छ । ती टुक्रा कागजलाई एउटा बक्सभीत्र हाल्ने । त्यसरी संकलन भएको टुक्रे कागजलाई ग्रेण्डर मेसिनमा हालेर धुलो बनाउने । धुलो बनेको त्यो पेपरलाई थोरै पानीमा हालेर घोल्ने । त्यसलाई एउटा पिठो छान्ने जालीमा हालेर छान्ने । छानेर बाँकी रहेको स साना कागजका कणहरुलाई एकिकृत गरी एउटा कार्टन ओछ्याएर घाममा सुकाउने । केहि बेर घाममा सुकिपछि त्यो फेरी प्रयोग गर्न मिल्ने कागज बन्ने अर्का विद्यार्थी आयूश कार्की बताउनु हुन्छ ।

विद्यार्थीहरुमा एउटा कौतुहोलता हुन सक्छ कि आफुहरुले लेखिसकेको पेपर के गरिन्छ भन्नेबारेमा । त्यसलाई के रिसाईकल गरेर फेरी प्रयोग गर्न मिल्ने गरिको सामाग्री आफैपनि बनाउन सकिन्छ भन्ने उनीहरुको कौतुहलतालाई पुरा गराउन विद्यालयले यस प्रकारको सिकाई राख्यो । विद्यालयका शिक्षक सुमन निरौला भन्नु हुन्छ ‘यसबाट विद्यार्थीहरुले किताव देखी बाहिरको ज्ञान सिके, प्रयोग बिहिन कागजको रिसाईकलको बिधि सिके र यसले वातावरणमा पार्ने प्रभावका बारेमा समेत सिके । ’

विद्यार्थीहरुलाई सिर्जनशिल बनाउन अधिकतम अभ्यासमा लगाउने काम विद्यालयले गरिरहेको छ । कितावमा भएका पाठबाट मात्रै नभएर बाहिरी विषयको ज्ञान पनि विद्यार्थीलाई दिन सक्ने हो भने मात्रै विद्यार्थीहरु अव्वल बन्न सक्छन् भन्ने सोचका साथ यस प्रकारका कार्यक्रम गर्ने गरिएको विद्यालयका प्रीन्सपल गुणराज गिरीको भनाई छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु