दमकमा विद्यार्थीलाई न्यानो कपडा, २ लाख रुपैँयाको अक्षय कोष, हरेक विद्यालयमा योग शिक्षा पुर्याइने (भिडियो हेरौ)

दमक/
झापाको दमक ५ मा रहेको दिपिनी आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

वडा कार्यालय र यहाँ रहेको योग साधना समितीले संयूक्त रुपमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

वडाध्यक्ष इन्द्र गुरुङका अनुसार यहाँ अध्ययन गरीरहेका २ सय ६० जना विद्यार्थीहरुलाई एकमुस्ट न्यानो कपडा वितरण गरिएको छ । जसमा योग साधनाको तर्फबाट ५० थान र वडा कार्यालयको तर्फबाट २ सय १० थान गरि सबै विद्यार्थीहरुलाई स्विटर सहितको न्यानो कपडा वितरण गरिएको हो । यसले न्यानो कपडाको अभावमा विद्यालय आउन बञ्चित बनेका विद्यार्थीहरुलाई पठन पाठनमा सहज हुने विस्वास वडा कार्यालयको रहेको वडाध्यक्ष गुरुङले बताउनु भयो ।

यसै गरि विद्यालयमा आफ्नो छोराको नाममा २ लाख रुपैँया अक्षय कोष स्थापना गरिएको छ । दमक ५ निवासी निशा लावती पोखरेलले आफ्नो छोराको अहीम पोखरेलको नाममा २ लाख रुपैँया बराबरको अक्षय कोष स्थापना गरेको जानकारी दिनु भयो । साथै उहाँले यहाँ अध्ययन गर्ने १० जना विद्यार्थीलाई किताव बोक्ने झोला पनि प्रदान गर्नु भएको छ ।भने एक जना जेहेन्दार विद्यार्थीलाई नगद १५ हजार रुपैँया समेत हस्तान्तरण गर्नु भएको छ । यसले विप्पन्न तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक निरन्तर्तामा सहज हुने विद्यालयका प्रधानाध्यापक शेष कुमार निरौलाले जानकारी दिनु भयो ।

काशी प्रदेशका प्रदेश सभा सदस्य होम बहादुर थापाको प्रमुख आतिथ्थ्यतामा सम्पनन भएको कार्यक्रममा सांसद थापाले यस प्रकारका अक्षय कोषले सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको क्षमता र प्रतिभाको मुल्यांकन गर्न सहज हुने बताउनु भयो ।

साथै दिपिनी योग साधाना केन्द्रले यहाँ रहेका विद्यार्थीहरुलाई केहि बेर योग समेत सिकाएको छ । यसलाई एउटा सिकाईको पाटोको रुपमा नै विकास गराउँदै दमकमा रहेका हरेक विद्यालयमा पुर्याउने लक्ष्य राखीएको पतञ्जली योग साधना केन्द्र दमक नगर कमिटीका उपाध्यक्ष किरण उप्रेतीले जानकारी दिनु भयो ।

भिडियो हेरौ

https://youtu.be/gj84KJw99qI

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु