दमक ५को हाजीरीजवाफ र वकृत्वकलामा कोको भए बिजेता ? भिडियोमा हेरौ

दमक/
दमक नगरपालिका वडा नं ५ को वडा बाल सञ्जालले नगर स्तरीय बकृत्वकला र हाजीरीजवाफ प्रतियोगीता सम्पन्न गरेको छ ।
दिपिनी आधारभूत विद्यालयमा भएको दुवै प्रतियोगिता सम्पन्न गर्न वडा नं ५ को कार्यालयले सहयोग गरेको थियो ।

विद्यार्थी भित्र रहेको वाककलाको प्रस्फुटन गर्ने सामान्य ज्ञान सम्बन्धी उनीहरुको जानकारी परिक्षण गर्न यस प्रकारको प्रतिभा आयोजना गरिएको वडा नं ५ को वडा बाल सञ्जालका सचिव दिवस वाग्लेले बताउनु भयो ।

हाजीरीजवाफ प्रतियोगिताले बालबालिकाको स्मरण शक्तिको परिक्षण गर्न मद्यत गरेको छ । भने वक्तृत्वकला प्रतियोगिताले तोकिएको विषयमा विद्यार्थीहरुको दृष्टिकोण झल्कने गरेको छ ।

वक्तृत्वकलामा विद्यार्थीहरुले उठाएका विषय र उनीहरुको प्रस्तुती निकै गहकिलो र वडाले बनाउने योजनामा समेटन योग्य विषयहरुको समेत समावेश भएकोले आफुहरुको ध्यानाकर्षण भएको वडा नं ५ का वडासदस्य गोपाल कृष्ण संग्रौलाले बताउनु भयो ।

शुक्रबार सम्पन्न भएको प्रतियोगिता अन्तर्गत हाजीरिजवाफ प्रतियोगितामा हिमज्योती माद्यमिक विद्यालय प्रथम, हिमालय माद्यमिक विद्यालय द्धितिय र झापा मोडल अग्रेजी माद्यमिक विद्यालय तृतिय भए ।

यसै गरि वक्तृत्वकला अन्तर्गत झापा मोडल अग्रेजी माद्यमिक विद्यालयका प्रतिक खनाल प्रथम, सुर्योदय अग्रेजी माद्यमिक विद्यालयका इशान केरुङ दृतिय हुदा भृकुटि माद्यमिक विद्यालय दमककी भूमिका लाखे तेस्रो बन्नु भएको वडा सचिव निधि नारायण ढुङ्गेलले जानकारी दिनु भयो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु