स्मारीका सामुदायीकले मनायो १४ औ वार्षिक उत्सव

दमक/
प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरु । आ-आफ्नो परिचय दिन कार्यक्रम भइरहेको मञ्चमा चढे । मञ्चको अगाडी विद्यालयले आमन्त्रण गरेका पालिका स्तरका शिर्षस्त व्यक्तिहरु, अभिभावक, एक हजार हाराहरी विद्यार्थी ती दृश्य हेरीरहेका थीए ।

मञ्चमा चढेका ती विद्यार्थीहरुले एकै खाले पोषाक लगाएका थीएनन । विभिन्न जात जातीको सास्कृतीक पोषाक उनीहरुले लगाएका थीए ।
ताजपुरीया, राजवंशी, नेवारी, थारु, शेर्पा, किराती लगायत आ आफ्नो पहिचान जनाउने खाले पोषाक लगाएर मञ्चमा चढेका उनीहरुले हजारौ उपस्थितीको अगाडी आ आफ्नो परिचय दिदै आफुले लगाएको पोषाकको बारेमा समेत माईकबाटै बताएका थीए ।

 

एक जना विद्यार्थीले मात्रै नभएर ३० भन्दा बढि विद्यार्थीहरुले एकै साथ मञ्चमा उक्लेर यसरी बोलेका हुन ।
पछिल्लो समय बालबालिकाहरुले आ-आफ्नो पहिचान, पहिरन, भाषा अनी सस्कृती भन्दा पश्चिमा सस्कृतीको बारेमा धेरै थाह पाउने भएका छन् यसले आफ्नो सस्कृती संरक्षणमै चुनौती देखिन थालेको भन्दै झापाको कमल गाउँपालिकामा रहेको स्मारीका सामुदायीक अग्रेजी माद्यमिक विद्यालयले विद्यार्थीहरुलाई आफ्नो सस्कृतीको बारेमा सिकाने गरेको छ ।

 

शुक्रबार विद्यालयको १४ औ वार्षिक उत्सव तथा अभिभाव दिवस मनाउदै विद्यालयका प्रधानाध्यापक गुणराज गिरीले भन्नु भयो ‘हामीले हरेक शुक्रबार विद्यार्थीलाई पुस्तक पढाउँदैनौ , त्यो दिन हामी विद्यार्थीलाई सिप सिकाउँछौ, गाउँघरमा हराउँदै गएका सस्कार र सस्कृतीहरु बारेमा सिकाउँछौ । यसले उनीहरुमा समाज कस्तो छ र यहाँका पुराना चीच तथा बस्तुहरु के हुन भन्ने कुरा थाह पाउने छन् ।’

गिरीले भन्नु भयो ‘हामी विद्यार्थीलाई परालबाट पिरा बनाउन सिकाउँछौ, गुन्द्री बुन्न लगाउँछौ, सेल रोटी पकाउने अभ्यास गराउँछौ, दशैको बेलामा आफै जमारा राख्ने तरीका सिकाएर उनीहरुलाईनै जमारा उमार्न लगाउँछौ, लिङ्गे पीङ गाड्न पनि सिकाउँछौ । यती मात्रै नभएर कपासको वाती कात्न, सालको पातबाट दुना टपरी पनि गास्न सिकाउँछौ ।’

 

विद्यार्थीहरुलाई अधिकतम सिर्जनशील बनाउन विद्यालय मरिहत्ते गरेर लागी परिरहेको बताउँदै उहाँ भन्नु हुन्छ ‘कितावी कुरा त सबैले पढाउनु हुन्छ हामी किताव देखी बाहिरका सिकाई जसले उनीहरुलाई एक कर्तव्यनिष्ठ नागरीक बनउन सकोस भन्नेमा केन्द्रित भएर पढाउने गरेका छौ ।’

 

यो विद्यालय विद्यार्थीलाई अतिरिक्त कृयाकलाप गराउनेमा नमुना र उदाहरणीय बनेको भन्दै कमल गाउँपालीकाकी उपाध्यक्ष प्रमीला न्यौपाने(तिवारी)ले प्रशंषा समेत गर्नु भयो ।

 

विद्यार्थी र अभिभावकलाई सन्तुष्ट बनाएरनै यो विद्यालयले आफ्नो १४ वर्ष पार गरेको छ । यसको गुणस्तरीयता अझ बढेर जाओस । यसमा पालिका सरकारले गर्नुपार्ने सहयोग र साथ पूणर् रुपमा दिइने प्रतिवद्धता पनि उहाँले गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु