एजुकेसन इन एभ्री होमः अहिलेको विद्यालय तहको पाठ्यपुस्तक असमावेशी र पूर्वाग्रही’

‘एजुकेसन इन एभ्री होम’ ले विद्यालय तहको पाठ्यपुस्तक असमावेशी र पूर्वाग्रही भएको निष्कर्ष निकालेको छ ।

‘एजुकेसन इन एभ्री होम’ ले पाठ्यक्रम विकास केन्द्रले तयार गरेको कक्षा २ को मेरो नेपाली, मेरो सेरोफेरो कक्षा ७ को नेपाली, सामाजिक अध्ययन र मानव मूल्य शिक्षा, कक्षा १० को नेपाली र सामाजिक अध्ययन विषयमा समेटिएको विषयवस्तुको विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

‘एजुकेसन इन एभ्री होम’ ले तयार पारेको ‘रिपोर्ट अन पार्टीसिपाटरी अडिट अफ पब्लिक स्कुल टेक्स्टबुक्स २०२३–२०२४’ प्रतिवेदन सार्वजनिक गर्दै अध्ययनकर्ता होमराज आचार्यले यी पाठ्यपुस्तकहरु लैंगिक, जातीय, भाषिक, सांस्कृतिक रुपमा असमावेशी र पूर्वाग्रही रहेको पाइएको बताए ।

 

उक्त रिपोर्टमा पाठ्यपुस्तक विकासको विविधता, विविधता र समावेशीताको मूल मूल्य, व्यक्ति चित्रणमा विविधता, आवाजको विविधताः कथाकारहरु, लैंगिक, सांस्कृतिक विविधता, दलित समावेशीता, धार्मिक पहिचान, भाषिक पहिचान, अपांगता समावेशी, समता शीर्षक दिएर विद्यालय तहको पाठ्यपुस्तकमा समेटिएको सामग्रीहरुको विश्लेषणात्मक अध्ययन गरेर कमजोरी औंल्याएको छ ।

 

अध्ययन रिपोर्टमा भनिएको छ ‘मुख्यतया महिला, मुस्लिम, राउटे र अपांगता भएका व्यक्तिहरुका लागि अपमान गर्ने भाषा प्रयोग भएका छन् । पूर्वाग्रहबाट जोगिन धेरै काम गर्न आवश्यक छ ।’

 

पाठ्यक्रम विकास निर्माणमा भएको सहभागितादेखि समेटिएको सामग्रीमा महिला, दलित, अल्पसंख्यक समूदाय, भाषिक समुदायको सामग्री कम समेटिएको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार कथाकार तथा सामग्री लेखकहरुमा ब्राह्मण समुदायको ५६ प्रतिशत छ भने दलित र मधेशीबाट जम्मा १.७ प्रतिशत लेखक छन् । त्यसैले असन्तुलित देखिएको रिपोर्टको निष्कर्ष छ ।

 

पाठ्यपुस्तकमा समावेश गरिएका कतिपय छापिएको सामग्रीहरु गलत समेत भएको तथ्या फेला परेको रिपोर्टमा दाबी गरिएको छ । त्यसमध्ये एक हो कक्षा १० को नेपाली विषयमा रहेको अब्राहम लिंकनले प्रधानाध्यापकलाई लेखेको पत्र हो । रिपोर्टले यो पत्रलाई ‘इन्टरनेट होक्स’ भएको जनाएको छ । उक्त पत्रमा लेखिएको पत्र अब्रहाम लिंकनको हत्या भएको १७ वर्ष पछिको मिति उल्लेख भएकोले यो पत्र गलत भएको रिपोर्टमा उल्लेख छ । त्यस्तै अरु पनि कतिपय तथ्य जाँच नगरी लेखिएको पाठहरु रहेको अध्ययनको दाबी छ ।

 

अनुसन्धानकर्ता होमराज आचार्य भन्छन् ‘हाम्रा बालबालिकाले पढ्ने पाठ्यपुस्तकमा समेटिएका सामग्री असमावेशी र पूर्वाग्रही मात्रै नभएर गलत कुराहरु पनि पढाइरहेका छौं भन्ने हाम्रो रिपोर्टले स्पष्ट पारेको छ ।’ यो विश्लेषणात्मक अध्ययनले नेपालको शिक्षा प्रणाली समावेशी तथा सुदृढ बनाउन सहयोग पुग्ने उनको दाबी छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु