लमजुङमा शिक्षिकाद्वारा छात्रामाथि कुटपिट

लमजुङको एक बोर्डिङ स्कुलमा सोधेको प्रश्नको उत्तर नदिएको भन्दै कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शिक्षिकाले कुटपिट गरेकी छन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलकीकी शिक्षिका फराना मियाँले छात्रामाथी कुटपिट गरेकी हुन् ।

 

आइतबार दिउँसो मध्यान्हतिर नियमित दोस्रो कक्षाकी शिक्षक मियाँले प्रश्नको उत्तर नजान्दा लौरी प्रहार गरेकी हुन् । पीडितका अनुसार शिक्षिकाको लौरी प्रहारबाट पिँडौलामा रातो र निलो डाम र खुट्टा सुन्निएको छ ।

 

दोषीलाई कारवाहीको माग गर्दै निवेदन आएको इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठले जानकारी दिए ।

‘उहाँहरुले ठाडो निवेदन दिनुभएको छ । मिल्ने भनेपछि हामीले पनि केही गरेनौं । पीडितको माग सुनुवाइ हुने गरी सहमति भएको छ’ उनले भने ।

विद्यालय र पीडितबीच सोमबार सहमति भएको छ । पीडित बालिकाको सवै औषधी उपचार विद्यालयले गराउने, कुटपिटमा संलग्न शिक्षक फराना मियाँलाई उक्त विद्यालयमा पठनपाठन गर्न नपाउने गरी हटाउने गरी सहमति भएको हो ।

 

घटनाको सम्बन्धमा विद्यालय व्यवस्थापनले छानविन समिति गठन गर्ने, पीडित विद्यार्थीको कुनै शारीरिक वा मानसिक समस्या भएमा थप उपचार विद्यालयले गराउने, घाइते विद्यार्थीको सवै शरीरका भागको चेकजाँच गराउने, विद्यालयभित्र कुनै पनि मानसिक र शारीरिक यातना नदिइ बालमैत्री ढंगले पठनपाठन गराउने गरी सहमति भएको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु