दमक/
‘इद ऊ जोहा’ वा ’ईल उद अधा’, अर्थात बकर इदको अवसरमा मुस्लिम बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
झापाको दमक नगरपालिका वडा नं ६ ले यहाँ रहेको मस्जिदमा अध्ययन गर्ने ६० भन्दा बढि बालबालिकाहरुलाई एक वर्षलाई पुग्ने गरीका कशैक्षिक सामाग्रीका साथै किताव बोक्ने झोला पनि वितरण गरेको हो ।
मस्जिदमा वडा कार्यालयले हरेक वर्ष केहि न केहि सहयोग गरिरहेको वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनु भयो । सोहि अवसरमा यो वर्ष चाहि आफ्नो भाषा बारेमा अध्ययन गरिरहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्रीका साथै कक्षाकोठामा चाहिने ब्रेन्च तथा र्याक पनि प्रदान गरिएको छ ।
मस्जिदलाई भौतीक निर्माणमा अझै धेरै सहयोग गर्न यो यसको दर्ता नविकरण नभएकोले यसलाई नविकरण गर्न वडाध्यक्ष थापाले सुझाव पनि दिनु भएको छ ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा यस मस्जिदमा अध्यापन गराउने शिक्षकहरु, अन्य नेतृत्वहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
दमक ६ हनुमान मन्दिरको छेउमा रहेको दमक जमाई मस्जिदमा प्रदान गरीएको सो सामाग्रीले यहाँ अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक गतिविधीमा सहजता प्रदान गर्ने मस्जिदका अध्यक्ष बसिर मीया अन्सारीले बताउनु भयो ।
यहाँ ६० भन्दा बढि बालबालिकहरुले आफ्नो धर्म, सस्कार र सस्कृती तथा भाषाको बारेमा निरन्तर अध्ययन गर्दै आएका छन् । आफ्नो भाषा र सस्कार जोगाउन यसखालको अध्यान तथा अध्यापनको कार्यक्रमलाई निरन्तर्ता दिइएको मस्जिदले जनाएकोछ ।










