संघर्षको सफलता

साई सेफको अर्को सहासीक काम

दमक/ शरिरमा भारतको झण्डा अंकीत एउटा माला छ । मालाको छेउ छेउमा विभिन्न पदकहरु टासीएको छ । यी पदक कुनै चानचुने पदक भने हैनन् । यी पदक भारत सरकारले दिने गौरवको पदक हो । यो पदक पाउँन जो सुकैको कम मिहनत र संघर्षले सक्दैन ।

यो यस्तै संघर्ष गर्नुभएको हो झापा दमकका जयनारायण खतिवडाले पनि । उहाँलाई अझ सजीलैसग चिन्न सेफ साई भनेर पनि चिनिन्छ । यी पदकले उहाँलाई थप जिम्मेवार बनाएको छ । यसको कदर गर्नु पर्छ भन्ने उहाँको संकल्प छ । आफुले पाएको पदकका बारेमा बताउँदै सेफ साई भन्नु हुन्छ वर्षौको मिहनतको फल यी नै हुन । जीवनमा केहि कमाए भनेर देखाउने चीज यीनै रहेछन् ।

अव उहाँलाई लागेको छ कि म मात्रै यो ठाउँमा पुग्ने हैन । मेरो गाउँ ठाउँका नयाँ पुस्ताले पनि मिहनत गर्ने हो भने यो सफलतामा पुग्न सक्ने छन् । त्यसैले उहाँ भन्नु हुन्छ यो क्षेत्रमा मिहनत गर्ने हो भने नाम र दाम दुवै छ । मन जीत्न सक्नु पर्यो । आफ्नो कर्मले । जसका कारण तपाईले सफलता हासिल गर्न सक्नु हुने छ । उहाँले उज्यालो खवरसगको सक्षीप्त कुराकानीका क्रममा बताउनु भयो ।

उहाँले आफ्नो सोचलाई बास्तीववकतामा परिणत गर्न दमकबाट हरेक वर्ष झण्डै १ सय जना होटल म्यानेजमेण्ड पढेका विद्यार्थीहरुलाई काममा लैजान थाल्नु भएको छ । यसकालागी दमक ४ मा रहेका आस्था कलेज अफ म्यानेजमेण्डमा अध्ययन गरीसकेका र पास आउट भएका विद्यार्थीलाई पहिलो चरणमा इन्टरर्सिप गराउने र त्यसपछि भारतकै विभिन्न स्टार होटल वा अन्य विदेशमा पनि स्टार होटलमा काम गर्न सक्ने बनाउने गरी काम गरीरहेको उहाँले बताउनु भयो ।

यस्तै होटल म्यानेजमेण्ड पढेका विद्यार्थीहरुलाई स्टार होटल मात्रै नभएर ठुला ठुला पानी जहाज भित्र हुने होटल तथा रेष्टुरेण्डमा समेत कामको अवसर हुन सक्ने छ । आस्था कलेजमा होटल म्यानेजमेण्ड पढिरहेका विद्यार्थीलाई पानी जहाजभित्रको कामको अवसर, सम्भावना र जोखीम समेतको बारेमा पूर्व जानकारी दिन भारतकै बिभिन्न पानी जहाजमा हस्पिटालीटको काम गरिरहनु भएका जय कुमार बसिरले बताउनु भयो ।

आस्था कलेजले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई हस्पिटालीटिको क्षेत्रमा कहाँ कहाँ कस्तो सम्भावना छ भन्नेबारेमा यसैको बिज्ञहरुलाई ल्याएर जानकारी गराएको थियो । शुक्रबार कलेजको सभाहलमा भएको यो कार्यक्रममा विद्यार्थीहरुले उत्सुक्तापूवर्क सहभागी समेत बनेका थीए ।

यी विज्ञहरुले भारतका बिभिन्न स्टार होटल र ठुला खाले पानी जहाजमा हस्पिटालीटि म्यानेजमेण्डको समेत काम गरीरहेकोले त्यहाँको अवसर बताएर इच्छुक विद्यार्थीलाई काम गर्न पठाउने गरी कलेजको काम गरीरहेको क्याम्पस प्रमुख टेकनाथ भण्डारीले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य