शिक्षामा राजनिती कहिले सम्म

दमकको शैक्षिक योजना अझै किन बनेन ?

दमक/ स्थानीय तहको रुपमा आफ्ना काम र कार्यक्रम अघी बढाउन थालेको ७ वर्ष भयो । विद्यालय तह सम्मको शिक्षा पालिका सरकारलाई दिने भनेर संविधानमा व्यवस्था भयो । सोहि अनुसार दिइयो पनि । तर यसलाई पालिका सरकारले उती प्रभावकारी कार्यान्वायन चाहि गर्न सकेनन् शिक्षक सरुवा, विद्यालय व्यवस्थापन समितीमा पार्टिका कार्यकर्ताको भर्ती गर्ने बाहेकका काममा पालिका सरकारको नेतृत्वमा बस्नेहरुले ध्यान दिनै सकेको पाइदैन ।

 

दमक नगरमा रहेका २१ वटा सामुदायकी विद्यालयको व्यवस्थापन समिती निर्माणमै पनि राजनैतिक भागवण्डा मिलाएर सहमती गरीयो । अझ सक्ने भए विद्यालयका प्र.अ मा पनि आफ्नै कार्यकर्ता राख्ने थिए । तर त्यो उती खुलेको चाहि छैन । तर शिक्षकहरु विभिन्न राजनैतिक सङ्गठनमा आवद्ध रहेकोले कुन विद्यालयमा कुन संगठनको नेतृत्व रहने र प्र अ बन्ने भन्नेबारेमा सरकारका यी नेतृत्वले राजनैतिक सहमती नगर्लान त्यो चाहि भन्न सकिन्न ।

 

अहिले सम्म दमक नगरपालिकामा समेत दमकको शिक्षा कस्तो बनाउने भन्नेबारेका अन्यौलता छ । यहाँ के पढ्न आउने ? दमकमा उत्पादीत जनशक्तिको प्रयोग कुन कुन क्षेत्रमा बढि प्रयोग गर्ने ? यहाँ रहेका सामुदायकी तथा सस्थागत विद्यालयको व्यवस्थापन कसरी गर्ने ? शिक्षामा सुधार कसररुी गर्ने भन्ने बारेमा अझै योजना बनिसकेका छैन ।

 

हामीले दमकको शिक्षाको पेरीफेरीमा रहेर नगरको शिक्षा समितीका अध्यक्ष कुवेर भट्टराईसग संवाद गरेका छौ । उहाँसगको संवादको भिडियो तलको लिंकमा राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ