अधिकारसँगै कर्तव्यका कुरा

दमक ६ मा आफ्नो टोल आफैं बनाउने ४ बुँदे प्रतिवद्धता

दमक, ८ साउन ÷ आफ्नो टोल बस्तीलाई कस्तो बनाउने भन्ने कुरा त्यहीँका स्थानीयमा निर्भर रहन्छ । टोलका हरेक गतिविधिको व्यवस्थापन र विकासका लागि स्थानीयले नीति, कार्यक्रम र बजेट बनाउने स्वायत्त अधिकार रहन्छ ।

 

यस्तै आफ्ना लागि आफैं नीति बनाउने सन्दर्भमा मंगलबार भएको कार्यक्रममा दमक नगरपालिकाको ६ नम्बर वडाबासीले ‘आफ्नो टोल आफैं बनाउन’ ४ बुँदे प्रतिवद्धता जाहेर गरेका छन् । वडाले ल्याएको ‘आफ्नो टोल आफैं बनाऔं’ भन्ने अवधारणा अन्तर्गत आफ्नो घर तथा व्यवसायबाट निस्केको फोहोरमैलालाई कुहिने र नकुहिने छुट्याई फरक फरक डस्टविनमा राख्ने, आफ्नो अगाडिको फुटपाथ आफुले पनि अतिक्रमण नगर्ने र अरुलाई पनि अतिक्रमण गर्न नदिने बुँदामा सहमत भएर वडाबासीले हस्ताक्षर गरेका छन् । त्यसका साथै वरपरका बोटविरुवाको संरक्षण गरी सुन्दर हरियाली वडा बनाउन अग्रसर हुने र वडालाई प्लाष्टिकमुक्त बनाउन प्लाष्टिकजन्य झोलाको प्रयोग र बिक्रीवितरण नगर्ने प्रतिवद्धता जाहेर भएको छ ।

 

आफुले अधिकारमात्र लिने नभई कर्तव्य समेत पुरा गर्ने सन्देशका साथ वडा कार्यालयले कार्यक्रम ल्याएको वडाध्यक्ष टेकबहादुर थापाले प्रष्ट्याउनु भयो । उहाँले राजनीतिक दल, टोल विकास संस्था सहितका संघसंस्थाका प्रतिनिधिहरुलाई सामेल गरेर आफ्नो टोल आफैं बनाउने कार्यक्रम कार्यान्वयनमा अघि बढाउँदै लगिने योजना सुनाउनु भयो ।

यसखाले कार्यक्रम वडालाई व्यवस्थित बनाउने हिसावले उत्तम भएपनि कार्यान्वयनमा के होला भन्ने सहभागिको जिज्ञासा छ । अनि कार्यान्वय पक्षमा जोड दिनुपर्ने सुझाव छ ।

 

आफ्नो टोल कस्तो बनाउने भन्ने जिम्मा वडाबासीलाई नै सुम्पिदै दमक ६ नम्बर वडाले ल्याएको यसखाले कार्यक्रमले अधिकार माग्नुसँगै कर्तव्य पनि पुरा गर्ने सन्देश दिएको छ । वडावासीको साझा सहमतिमा गरिने प्रतिवद्धतालाई कार्यान्वयनमा उतार्न सबैको उस्तै कसिलो सहकार्य आवश्यक पर्दछ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।