पुस्तकालायनै गोदाममा

६ हजार बढी पुस्तक भएको दमक नगरको पुस्तकालयनै गोदाममा थन्कियो

दमक, १० साउन /
दमक नगरपालिकाले २०७७ सालमा नगरपालिका परिसरमै एउटा पुस्तकालाय स्थापना गर्यो । तत्कालीन नगर प्रमुख रोमनाथ ओलीले आम नागरिकको अध्यनशीलता बृद्धि गर्न र नगरपालिका आउने सेवाग्राहीले पर्खनु परेमा पुस्तक पढ्दै समय बिताउन सकुन् भनेर पुस्तकालयको स्थापना गरेको घोषणा गर्नु भएको थियो ।

जसअनुसारनै यहाँ स्थानीयदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्मका चर्चित लेखकहरुले लेखेका विभिन्न विधाका पुस्तकहरु राखिएका छन् । जीवन दर्शन, विश्व राजनीतिदेखि लिएर नेतृत्व विकासका साथै बालबालिकाका बाल पुस्तक, साहित्यका आख्यान, कथा, कविता, समीक्षासम्मका गरी ६ हजार बढी पुस्तकहरु छन् ।

तर, यति धेरै पुस्तकले भरिएको यो पुस्तकालय अहिले बन्द छ । पुस्तकालयमा र्याकमा मिलाएर राखिएका पुस्तकहरु अहिले भने गोदाममा निकालिएको छ । जसले गर्दा पुस्तक राखेको र्याकहरुमा माकुराको जालो लागेको छ । अहिले त्यहाँबाट कुनै पुस्तक निकाल्नु पर्यो भने सबैभन्दा पहिला माकुराको जालो हटाउनु पर्छ अनिमात्रै पुस्तक निकाल्न मिल्छ ।

करिब १० लाख रुपैयाँ  खर्च गरेर पुस्तकालय खडा गरेको थियो । पुस्तक खरिद, ती पुस्तक राख्न र्याक, बस्न आवश्यक पर्ने टेवल तथा कुर्सी निर्माण, एसी सहितको पढ्ने कोठा र पुस्तकको रेकर्ड राख्न कम्प्यूटर सहित एक जना कर्मचारी समेतको व्यवस्था मिलाइएको थियो ।

तत्कालीन समयमा साहित्य कलाको प्रवद्र्धनमा नगरमा गठित दमक प्रज्ञा प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको यो पुस्तकालयको प्रतिष्ठानको कार्यअवधि सकिएसँगै अस्तित्वनै संकटमा परेको छ ।
स्थानीय तहको निर्वाचन ०७९ बाट नयाँ कार्यपालिका बनेदेखि यता न प्रतिष्ठान पुनःगठन भयो, न त यो पुस्तकालयनै सञ्चालनमा आयो ।

नगरपालिकाले बनाएको यो पुस्तकालय किन प्रयोगबिहिन बनाइएको भनेर हामीले नगरपालिकामा प्रश्न गरेका छौं । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले अव यो पुस्तकालय यही आर्थीक वर्षभीत्रमा ञ्चिालन गरिने बताउनु भएको छ । नयाँ योजना सहित यसलाई थप परिस्कृत गर्दै सञ्चालन गर्ने गरी बजेटमै व्यवस्था गरेर यो सञ्चालनमा ल्याउन लागीएको उहाँले बताउनु भयो ।

नगरपालिकाले यो पुस्तकालयलाई सञ्चालन र व्यवस्थापन गर्न भन्दै चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट बिनियोजन गरेर काम अघि बढाउने निणर्य गरेको छ । तर प्रज्ञा प्रतिष्ठान पुनःगठन नगरी यो पुस्तकालय कसरी सञ्चालन गर्ने भन्ने अझै पनि नगर स्पष्ट भएको चाँहि देखिदैन ।

यसरी राज्यकै लगानीबाट स्थापना भएको पुस्तकालय राज्यबाटै संरक्षित नहँुदा सुशासन स्थापना गर्छु भन्दै भाषण गर्ने जनप्रतिनिधिमाथी आम नागरिकले प्रश्न उठाउन थालेका छन् ।

नगरपालिका चेतनाको विकासमा भन्दा पनि भौतिक विकासमा केन्द्रित हँुदा यसखाले संरचना निस्कृय मात्रै भएका छैनन्, पुःन निर्माण समेत हुन सकेका छैनन् ।

 

त्यसैले जे उद्धेश्यकालागि नगरमा खडा भएको यो पुस्तकालय सोही अनुरुप प्रयोगमा ल्याई आम नागरिकमा हराउँदै गरेको पठनसँस्कृतिको विकास गराउन सक्नु पर्छ । नगरका हरेक गतिविधिको रेकर्ड पनि यहाँ अध्ययन गर्न पाइनु पर्छ । साथै अहिले डिजिटल यूग रहेकाले त्यस अनुसारको इ पुस्तकालय समेतको व्यवस्था गरी परिस्कृत भएर नगरले काम गर्न आवश्यक छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कति सुरक्षित छ नेपाली चियाको विश्व बजार?

काठमाडौं,१२ असार । नेपाली चिया विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले समान व्यापारिक सुविधा पाउन सकेको छैन । आयात गर्ने

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक पुनःप्रभावित

काठमाडौं,१२ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ । महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक