सेवाग्राहीलाई साँच्चैको सेवा

भत्ता नवीकरण गर्न शनिबारले पनि छेकेन

 

दमक, १२ साउन / सार्वजनिक बिदाको दिन । तर कार्यालयमा सेवाग्राहीको भिडभाड देखिन्छ । शनिबारको दिनपनि कार्यालय खुलेर धमाधम काम भइरहेको देखेपछि त्यो दृष्य देख्नेहरुका लागि बिदाको दिन किन कार्यालय खुल्यो भन्ने जिज्ञासा बढ्छ ।

 

 

बिदा नभएको दिनमा पनि कतिपय सरकारी कार्यालयमा काम सुस्त हुने गरेको परिवेशमा झापास्थित दमक नगरपालिकाको ५ नम्बर वडा कार्यालयले भनें फरकपन प्रस्तुत गरेको छ । अर्थात सार्वजनिक बिदाको दिन समेत दमक ५ नम्बर वडाले कार्यालय खोलेर सेवाग्राहीलाई सेवा पुर्याउने काम धमाधम गरिरहेको देखिन्छ । बिदाको दिनमा समेत विहानैदेखि कार्यालय खोलेर सेवाग्राहीका लागि कुनखाले सेवा दिँदै हुनुहुन्छ भन्ने उज्जालो खबरको जिज्ञासामा वडा सचिव निधिनारायण ढुंगेलले सामाजिक सुरक्षा भत्ताको नवीकरणमा सहजता प्रदान गर्ने काम गरिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ ‘अरु दिन अरु कामको चापाचाप हुन्छ, नवीकरणको सर्भर पनि बढी व्यस्त हुन्छ । त्यसो हुँदा २,३ वटा मात्र नवीकरण गर्न गर्न सकिएपछि विशेषगरी ज्येष्ठ नागरिकलाई वडा धाउन समस्या भएपछि नवीकरणको कामको सहजताका लागि यसो गरिएको हो ।’

 

 

साउन १२ गते शनिबार विहान साढे ७ बजेबाट नै वडाका जनप्रतिनिधिका साथै वडा सचिव सहितका कर्मचारी उपस्थित भएर फटाफट नवीकरणको काम अघि बढाए । वडाका ६८ टोलमध्ये पालो मिलाएर नवीकरणका लागि आमन्त्रण गरियो ।

 

 

कार्यालय बिदाको समय त्यसमा पनि विहानैदेखि नवीकरणको काम वडा कार्यालयबाट भएपछि आफूहरुलाई सहजता मिलेको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । विशेषगरी सामाजिक सुरक्षा भत्तामा ज्येष्ठ नागरिकको संख्या बढी भएको अवस्थामा आफूहरुलाई बढी सजिलो भएको भन्दै ज्येष्ठ नागरिक शिवप्रसाद खतिवडा र खड्गमाया कटुवालले खुसी व्यक्त गर्नुभयो ।

 

 

वर्षेनी भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता लिनेको भत्ता नवीकरण गर्नुपर्ने प्रावधानलाई राष्ट्रिय परिचयपत्र नम्बरको कुराले केही असजिलो समेत भएको छ । त्यसलाई समेत सहज बनाउने हिसावले वडाका चार स्थानमा कार्यालय समयभन्दा अघि विहान विहान शिविरकै रुपमा नवीकरण कार्य अघि बढाइने योजना रहेको वडासदस्य खड्गबहादुर राईले बताउनु भयो । भन्नुहुन्छ ‘साउन १६ बाट शिविर सञ्चालनको तयारी गरेका छौं ।’

 

 

 

अघिल्ला वर्षपनि सो वडाले नवीकरण समयमा चार ठाउँमा शिविर सञ्चालन गरेको थियो । ३ नम्बर वडा कार्यालयले पनि यस्तैखाले नवीकरणको शिविर सञ्चालनको तयारी गरेको छ ।

 

कार्यालय समयमा अरु कामको भिडभाड हुन्छ । राष्ट्रिय परिचयपत्रसँग विवरण जोडेर औंठाछाप लिने बायोमेट्रिक प्रणाली सहितको काम थप प्राविधिक काम हो ।

 

कसरी दिन काटेर जागिर पकाउने भन्ने कतिपयमा रहेको मानसिकतालाई सच्याउँने सन्देश दिँदै परिस्थिती अनुसार कार्यालय समय बाहिर पनि यसखाले काम गर्नुले ज्येष्ठ र असक्त सहितका सेवाग्राहीको साँच्चैको सेवा गरेको ठहर्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।