त्रिवेणी साहित्य मञ्च ह्यारिसबर्गद्वारा अनुया तामाङ सम्मानित

अमेरिका, १२ भदौ  ।  त्रिवेणी साहित्य मञ्चले ग्रेटर ह्यारिसबर्गमा एक भव्य सांगीतिक कार्यक्रमकाबीच द भ्वास किड्स सिजन ३ कि विजेता नेपालीभाषी भुटानी सन्तान अनुया तामाङलाई सम्मानित गरेको गरेको छ ।

 

कार्यक्रममा प्रमुख अतिथि ओम अधिकारी गोर्खालीले भाषा बचाउन सके मात्र हाम्रो साहित्य र संस्कृति बचाउन सकिने कुरामा जोड दिनुभयो । सामाजिक अभियन्ता विनय लुइँटेल कार्यक्रमको विशेष अतिथि हुनुहुन्थ्यो ।

 

 

सामाजिक अभियन्ता टीबी गुरुङ र विनय लुइँटेलले तामाङलाई द भ्वाइस किड्सको उपाधि जितेकोमा बधाई तथा आभार प्रकट गर्नु भयो ।
गीतकार तथा संगीतकार अगम गुरुङले बधाई दिनुका साथै अनुयालाई अन्तर्राष्ट्रिय स्तरका धेरै मञ्चमा पुगेर गायन मार्फत संसारभर चिनिन हौसला दिनु भयो ।
मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले मञ्चको तर्फबाट अनुयालाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।

 

कार्यक्रममा नव गायिका कुन्ति गुरुङ, अमृता शर्मा, रानी चिमोरिया र सरिता सुनुवारले गीत गाएर कार्यक्रमलाई संगीतमय बनाउनु भयो । अनुया तामाङले दुईवटा छोटा गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाउनु भयो ।

 

अनुयाका बुबा ओम तामाङले छोरी गीत गाउन चयन भएदेखि नेपाली बसाइमा भएका केही दुःख केही सुखका अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रमको बिट मार्ने क्रममा सभाध्यक्ष केशव बैरागी माइलोले भाषा र साहित्यको विकासका खातिर त्रिवेणी साहित्य मञ्चको ब्यानरमा कथा संग्रह लिएर आउने सन्देश दिनु भयो । अर्की बाल प्रतिभा सुवर्ण शर्मालाई स्वागत गर्ने जानकारी समेत दिनु भएको थियोे । सुवर्ण शर्माले हालै मात्र अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो खेलमा ३ वटा स्वर्ण पदक लिएर आउँदै गरेको सन्देश दिनुभयो ।

 

मञ्च सचिव नारद आचार्य सुदामाले मिठो शैलीमा संचालन गर्नु भएको कार्यक्रममा मञ्चका उपसचिव अबि बाबु अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै सृजनाको यात्राले आफ्नो पहिचान बाँच्ने मिठासपूर्ण उद्घोष अघि सार्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य