क्याम्पसले ठूला योजना पाउन भ्याट दर्ताको नियमले समस्या

काठमाडौँ, ५ असोज ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले ठूला सरकारी योजनाहरुको ठेक्का प्रतिस्पर्धा गर्न क्याम्पसहरु अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने प्रावधानले शैक्षिक संस्थाहरुलाई समस्या भइरहेको औंल्याउनु भएको छ ।

 

शनिवार त्रिविको अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको सम्मेलनमा बरालले भ्याटमा दर्ता हुनुपर्ने प्रावधानले सरकारी अनुसन्धानसम्बन्धी कार्यमा त्रिवि र यस अन्तर्गतका विभाग तथा क्याम्पसहरू सहभागी हुन नपाएको अप्ठेरो अवस्था दर्शाउनु भयो ।

 

अहिले त्रिवि तथा यसका विभाग र आङ्गिक क्याम्पसहरू भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था नभएपनि ठूला सरकारी योजनाहरुको ठेक्का प्रतिस्पर्धा गर्न भ्याट अनिवार्य गरिएको छ ।

 

उपकुलपति बरालले यो व्यवस्था परिमार्जन गरी विश्वविद्यालयहरूलाई यस्तो प्रतिस्पर्धामा सहभागी हुन भ्याट दर्ता अनिवार्य नहुने व्यवस्था गर्न अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गर्नुभयो । यसो गर्न सके सरकारी अनुसन्धानका कार्यहरू निकै सस्तो लागतमा गुणस्तरीय कार्यहरू गर्न सम्भव रहने उहाँको भनाइ थियो ।

 

 

जवाफमा अर्थमन्त्री पौडेलले विश्वविद्यालयको गुणस्तर सुधार र विद्यार्थीहरूको क्षमता वृद्धिका लागि सहजीकरण गर्न सरकार तयार रहेको जनाउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा