त्रिवेणी साहित्य मञ्चद्वारा ह्यारिसबर्गमा लक्ष्मी जयन्ती र देउसी भैलो

ह्यारिसबर्ग, पेनसिल्भेनिया, कार्तिक १२
त्रिवेणी साहित्य मञ्च, पेनसिल्भेनियाको आयोजनामा २०८१ सालको देउसी भैलो र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गर्दै ११६ औं लक्ष्मी जयन्ती कार्यक्रम ह्यारिसबर्गस्थित हिमालयन तेक्वान्दोको भवनमा भव्य रुपमा सम्पन्न भएको छ ।

 

सोही अवसरमा मञ्चका सल्लाहकार विष्णु लुइँटेलले देवकोटाको जिवनी पढेर सुनाउनु भएको थियो ।

 

कार्यक्रममा देउसी भैलो, सृजनात्मक वाचन, नृत्य तथा विविध प्रस्तुति भएको थियो । नेपाली कला, संस्कृति र परम्परालाई जीवित राख्न यस प्रकारका कार्यक्रमहरुले महत्वपूणर् भूमिका खेलिरहेको कुरा सहभागीहरुले बताए ।

 

 

विशेष गरी देउसी भैलो खेल्ने परम्परालाई विदेशमा पनि निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न नेपाली समुदायका सदस्यहरुले सहभागीता जनाए। उपस्थित सबैले रमाइलोका साथ नेपाली सांस्कृतिक धरोहरको अनुभव साटासाट गरेका थिए ।

 

 

त्रिवेणी साहित्य मञ्च लेन्कास्टरमा औपचारिक रूपमा शाखा विस्तार गरेको छ । समाजसेवी तथा साहित्य सर्जक ओम घिमिरे र दिपेस चापागाईंलाई शाखा प्रमुखको रूपमा मञ्चका अध्यक्ष केशव बैरागी माइलाले घोषणा गर्नु भएको छ । उहाँहरु दुबै जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको छ ।

 

 

कार्यक्रम संयोजक श्रीप्रेम घिमिरे, विष्णु लुइँटेलको लगायतका कार्यकर्ताको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो । लेकास्टरबाट स्वागत नृत्यले कार्यक्रमको रोचक बनाएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि श्री प. हरि फुयाल बिशेष अतिथि बिनय लुइँटेल, जेनेल स्टिलसन, किम प्याटी, डेभ मेडसन, ओम घिमिरे, नकुल शर्माको ओम भट्टराईको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमलाई समापन गर्ने क्रममा मञ्चका अध्यक्षले नेपाली पठनपाठन कक्षा संचालन गर्ने योजना बनिरहेको जानकारी दिनु भयो साथै उद्घोषण तालिम चाँडैं गराउने र ‘दिन एउटा कथा’ संग्रह तयारी हुँदै गरेको उपस्थित सबै सूचना प्रवाह गर्नु भयो ।
नेपालीहरु अर्को महान चाड तिहारको शुभकामना दिदै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषणा गर्नु भएको थियोे ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य