काठमाडौै, कार्तिक ७
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईं अहिले हिरासतमा हुनुहुनछ । तर उहाँका समर्थक भने सडक प्रर्दशनमा उत्रिएका छन् ।
प्रसाईं समर्थकले काठमाडौको कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका हुन् ।
सीआईबीले प्रसाईंलाई भने गत मंगलबार बिहान भक्तपुरस्थित उहाँकै घरबाट पक्राउ गरेको थियो ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई बुधबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
पक्राउको विरोधमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गरिरहेको छ ।









