पथरी शनिश्चरे प्याब्सनको अधिवेशनमा सम्मान र पुरस्कार

पथरी, मंसिर ९
निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन, नेपाल ( प्याब्सन) पथरी शनिश्चरे नगर कार्य समिति मोरङको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

 

भूपू सैनिक माध्यमिक विद्यालयको सभाहलमा पथरी शनिश्चरे पालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले कार्यक्रमको उद्घाटन गर्दै निजी तथा संस्थागत विद्यालयहरूले नगरमा पुर्‍याएको विशिष्ट शैक्षिक योगदानको चर्चा गर्नुभयो । उहाँले प्रदेश र सङ्घीय सरकारले बनाएका शैक्षिक नीति, नियम र विनियम अनुसार आफ्नो स्थानीय तहको सरकारले पनि निजी विद्यालयका समस्याहरु समाधानका लागि सहयोग गर्न आफू तत्पर रहेको बताउनुभयो ।

 

प्याब्सनका नगर अध्यक्ष सुरेन्द्र लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकामा शैक्षिक सत्र -२०८० को एसइई परीक्षामा ४ जिपीए ल्याई सर्वोत्कृष्ट नतिजा हासिल गरेको भन्दै रेडस्टार माध्यमिक विद्यालयका छात्रहरु सतिश आचार्य र अजय लिम्बूलाई दोसल्ला अढाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएको थियो भने सोही विद्यालयकी मनिता कार्कीलाई पनि कक्षा १२ मा ३.८० जिपीए हासिल गरेकोमा प्रशंसा पत्र सहित सम्मानित गरियो ।

 

सोही क्रममा निजी तथा संस्थागत विद्यालयमा सन् २००१ देखि शिक्षण पेशामा क्रियाशील रहनुभएकी भूपू सैनिक स्कूलकी शिक्षक लक्ष्मी राना मगरलाई ‘शिक्षक दिर्घ सेवा सम्मान’ तथा अन्नपूणर् माविका कर्मचारी राम चन्द्र रानालाई ‘कर्मचारी दिर्घ सेवा सम्मान’बाट सम्मानित गरिएको थियो । सोही अवसरमा पथरी शनिश्चरे नगरक्षेत्रलाई कार्यथलो बनाई लामो समयसम्म पत्रकारितामा विशेष योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई र आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय महासचिव अर्जुन जम्नेली राईलाई दोसल्ला ओढाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएको प्याब्सनका सचिव सन्तोष बस्नेतले जनाउनुभयो ।

 

कार्यक्रममा प्याब्सनका प्रदेश अध्यक्ष टिकाराम ढकाल, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख नवीन खलाल बुढाथोकी, प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, नेपाल शिक्षक महासंघ तथा पथरी शनिश्चरे नगर समितिका अध्यक्ष अर्जुन कुमार बुढाथोकी, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी जेसीज अध्यक्ष राजकुमार विश्वकर्मा, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

 

अधिवेशनको दोस्रो सत्रले आर्थिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत र छलफल गरी भावी कार्यक्रम प्रस्तुत गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्वका पनि चयन गर्ने भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु

बाहुनडाँगीका किसान हात्ती धपाउन ब्यास्त

झापा , १५ असार ।  दिनहुँ ४०–५० वटा जङ्गली हात्ती छावासहित गाउँ पसिरहेका छन्। चियाबारी र बस्तीमै दिनभर बस्ने हात्तीका कारण स्थानीयहरू ज्यान जोगाउन संघर्ष

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क!

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

खासमा दही–चिउराको स्वास्थ्य फाईदा के ? जनस्वास्थ्यविद डा।उप्रेती के भन्नु हुन्छ, जान्नुहोस्

काठमाडौं,१५ असार । असार १५ अर्थात् दही–चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको विशेष अवसर हो । धान रोपाइँको व्यस्त मौसममा शरीरलाई आवश्यक