दमक व्यापारिक कम्प्लेक्स ः कोशीबासीलाई भव्य उपहार

शिलान्यास भएलगत्तै विभिन्न नाम र उपनामले चर्चा कमाएको दमक व्यापारिक कम्प्लेक्सको औपचारिक समोद्घाटन सम्मानीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीका बाहुलीबाट भएको छ । समोद्घाटन समारोहमा सरकारका वरिष्ठ उपप्रधानमन्त्री माननीय प्रकाशमान सिंहसहित गन्यमान्यजनको उपस्थितिले यसको भव्यता आफैंमा प्रकट भएको छ ।
सरकारको प्रधानमन्त्री नै स्वयं छिमेकी पालिकामा आउनुहुने पक्कापक्की भएपछि विभिन्न शीर्षकका कामको सहज व्यवस्थापन गर्दै कार्यस्थलतिर जान लाग्नुभएका कानेपोखरी गापाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीको सहयोगमा समोद्घाटन समारोहमा सहभागी हुने सुनौलो अवसर मिल्यो । दाजु पार्थबहादुर बुढाथोकी, दानबहादुर बस्नेत र हरिप्रसाद अधिकारीसँगको सहयात्रा निकै रमणीय थियो ।
गिज्याउने, खिसिट्युरी गर्ने र परस्पर तेजोबध गर्न उद्यत रहनेले विषयवस्तुलाई जे-जसरी उछाले पनि, सकारात्मक सोंच र सोंचसञ्चार अभावमा छुद्र र खुद्रा तर्क गरिएका कारण जे-जे कुरा सुने पनि यो व्यापारिक कम्प्लेक्सलाई नजिकैबाट पढेपछि संघीय सरकारको तर्फबाट हामी कोशीबासीले उपहारस्वरुप पाएको यो अमूल्य सम्पदा हो, झापाको दमकका लागि नभएर समयक्रममा हाम्रो परिचय बटुल्ने, कमाउने र जमाउने सार्वजनिक महत्वको विषयवस्तु हो भन्ने निष्कर्ष यसरी निकालेँ ।
१) देशमै पहिलोपटक झापामा यो उचाइ र महत्वको संरचना बनेको छ । झापाको पुरानो र ऐतिहासिक शहर दमकले अत्याधुनिक स्वरुप बोकेको दीर्घजीवनपर्यन्त रहने भव्य संरचना पाएको छ ।
२) नेपालबाहेक भारतको सिक्किम, बिहार, बंगाल सीमावर्ती क्षेत्रसमेत आकर्षित रहन सक्ने यो टावरबाट सामाजिक समृद्धिको परिचयका अलाबा आर्थिक पक्षको विकासमा टेवा हालेको छ, पर्यावरणीय महत्वका दृष्टिकोणले सन्तुलन कायम गर्ने भएको छ र प्राकृतिक सौन्दर्यले आकर्षित हाम्रो सांस्कृतिक छवि क्रमशः उठ्ने छ ।
३) स्थानीय उत्पादनहरूको बिक्री हुने भएको छ । बजार नपाएर भौतारिएका स्थानीय उत्पादकहरू अब उत्साहित हुनेछन् । पर्यटकको आगमनले होटल, रेस्टुरेन्ट, यातायात सेवालगायत क्षेत्रमा रोजगार सिर्जना हुने भएको छ ।
४) व्यवसायिक टावरले दमक र उर्लाबारीलाई झलमल बनाएको छ । आयआर्जनको स्रोत बढाएको छ । सयौँ मानिसले रोजगार पाउने नै छन् । स्थलगत पहिचान र परिचय कमाउने छन् । के यो सामाजिक सञ्जालमा लेखिए झैँ, कसैले लेखेको देखिए झैँ नकारात्मक अग्रसरता हो त ? नकारात्मक निर्माणको प्रतिक हो त ?
५) एउटा समय थियो- टावर भन्नेबित्तिकै यसलाई हेर्न देशभित्र होइन, देशबाहिर पनि मानिसको घुइँचो लाग्थ्यो । अहिले टावर मात्र होइन, व्यवसायिक प्रयोजनका लागि अन्तर्राष्ट्रिय स्तरको यो संरचना बनेको छ । यसलाई हाम्रो चेतनाले किन ग्रहण गर्न सक्दैन ?
६) काठमाण्डौँको धरहरा, भेडेटार र कन्यामको स्काइवाक जस्तै संरचना हो यो व्यवसायिक कम्प्लेक्स । यसमा बहुउपयोगिता पनि देखियो । यसबाट स्काइवाक र बञ्जीसमेत गराउन सके पर्यटकीय महत्वका हिसावले आकर्षणको केन्द्र बन्न सक्छ दमक । यसतर्फ मानिस किन सोच्दैन ? बरु तेजोबधतर्फ उन्मादमा देखिन्छ ।
७) शहर विकास अर्थात् शहरीकरणको प्रक्रियालाई पनि फराकिलो र फाँटिलो उपस्थितिमा यहिँबाट सञ्चालनमा ल्याउन सकियो भने राजश्व, करलगायतका विषयमा हुने आम्दानी पारदर्शी हुन्छ र स्थानीय विकासमा टेवा पुग्छ । हिजो धरहरा पूननिर्माणको आलोचन गर्नेले अहिले यसबाट भइरहेको औसत  लोभलाग्दो कमाइबाट मख्ख पर्ने गरेकाछन् ।
सुदुरपूर्वको झापाको दमकमा जे भएको छ, राम्रो भएको छ । यो भव्य व्यवसायिक कम्प्लेक्स सञ्चालनमा अभूतपूर्व सफलताको शुभकामना ।
                                                                                                                                                                   ( पथरी शनिश्चरे, मोेरङ)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा

रसुवा बाढी प्रभावितका लागि कर्णालीका कांग्रेस–एमाले सांसदले ३ लाख ७५ हजार दिने निर्णय

सुर्खेत,१५ भदौ । रसुवाको बाढी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले आर्थिक सहयोग गर्ने भएका छन्। दुवै दलको संसदीय

विनाशकारी बाढीको पीडा भारतसम्म , गण्डक नदीमा भेटिन थाले शव

रसुवा,१५ भदौ । पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक

५१ दिनपछि आंशिक खुल्यो मेची राजमार्गको माईखोला–राजदुवाली खण्ड

इलाम ,१५ भदौ। लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा

 बाढीपीडितलाई सफारी चालकको एक दिनको कमाइ

दमक,१५ भदौ ।विपद्को पीडामा परेकाहरूलाई सहयोग गर्न ठूलो रकम नै चाहिन्छ भन्ने छैन। आफ्नो श्रमबाट कमाएको एक दिनको आम्दानी पनि कसैका लागि ठूलो सहारा बन्न

बाढी प्रभावित क्षेत्रमा उद्धार र शव व्यवस्थापन तीव्र

काठमाडौं,१५ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ ।बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल