रेडस्टार मावि उत्कृष्ट

राष्ट्रिय सेवा दल जुनियर डिभिजन ५० औं ब्याचको सामूहिक तालिम

पथरी, पुस ५
नेपाली सेनाद्वारा मोरङको याङ्शीलामा सञ्चालित राष्ट्रिय सेवा दल जुनियर डिभिजन ५० औं ब्याचको तालिम अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताहरूमा रेडस्टार माध्यमिक विद्यालय उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ ।

 

रेडस्टारबाट विद्यालयबाट एनसीसी क्याडेटमा सहभागी रेडस्टार माविका छात्र छात्राहरूले पब्लिक स्पीकिङमा पहिलो, नृत्य प्रतियोगितामा दोस्रो र फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

याङ्शीलामा आयोजित नृत्य प्रतियोगितामा झापाको भद्रपुरस्थित इस्ट पोइन्ट अंग्रेजी बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । पथरी शनिश्चरे ४ को भागीरथ माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको थियो ।

 

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित एनसीसी जुनियर डिभिजन ५० औँ ब्याज तालिम अन्तर्गत आयोजित छात्र फुटबल प्रतियोगितामा रेडस्टार अंग्रेजी माविका छात्रहरूको टोलीले तृतीय हासिल गरेको थियो ।

 

सांगीतिक कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका निमित्त कार्यकारी महानिर्देशक सहायकरथी महेशकुमार थापाले सांगीतिक कार्यक्रमका विजेता प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यालयहरूलाई प्रमाणपत्र सहित पुरस्कृत गर्नुभएको थियो । अवसरमा सेनानी तालिम प्रमुख अधिकृत शिव प्रताप के.सी., धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ, रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टीएन तिम्सिना, संस्थापक तथा आइएसए कोर्डिनेटर राजु तिम्सिना, भाइस प्रिन्सिपल वसन्त मादेन, विद्यालयका संस्थापक सुजन बास्तोला, पथरी शनिश्चरे २ का वडा सदस्य चन्द्र कुमार राई, नेपाली सेनाका तालिम प्रशिक्षक पिउठ राजु बस्नेत, लगायतको आतिथ्यता रहेको थियो ।

 

मङ्सिर १६ गते २१ दिने आवासीय तालिमका लागि एक शिक्षक प्रतिनिधि, प्रशिक्षक टोलीसहित रेडस्टार माविबाट ३६ जना छात्र छात्रा क्याडेट त्यसतर्फ प्रस्थान गरेका थिए । प्रतियोगितामा १५ बढी विद्यालयबाट सहभागी भएका एनसीसी क्याडेट विद्यार्थीहरूले आफ्ना सुन्दर नृत्यहरू प्रस्तुत गरेका थिए ।
सो ५० औँ जुनियर डिभिजन तालिम अन्तर्गत सामूहिक तालिम आज एक भव्य समारोहका बीच समापन भएकोे छ । सो क्रममा विभिन्न विद्यालयका छात्र छात्राहरूले ड्रिल तथा मार्च पास लगायतका क्षमता वृद्धिको प्रदर्शन गरेका छन् ।

 

कोशी प्रदेश भित्रका १५ वटा विद्यालयका एक -एक जना समन्वय शिक्षक तथा नेपाली सेनाका तालिम प्रशिक्षकहरू सहित ५ सय ५० भन्दा बढी विद्यार्थीहरू याङ्शिलामा पुगेका थिए । त्यहाँ सामूहिक तालिममा उनीहरूको वृद्धि विकासको लागि विभिन्न खेलकुद प्रतियोगिता तथा तालिम सञ्चालन गरिएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप