फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु भएको छ।फोहोरबाट ऊर्जा परियोजनाको पुनःस्थापना, परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको समान जिम्मेवारी रहेको बताँउनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘फोहोर व्यवस्थापन स्थानीय तहको मात्रै समस्या होइन, यो हामी सबैको साझा चुनौती हो। यो अन्तरपुस्तागत न्यायसँग पनि जोडिएको विषय हो । हामीले आगामी पुस्तालाई कस्तो काठमाडौं र कस्तो देश हस्तान्तरण गर्ने भन्ने कुरा आजको हाम्रो कामले निर्धारण गर्छ । त्यसैले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको साझा जिम्मेवारी छ ।’उहाँले काठमाडौं उपत्यकाका नदी तथा खोलाहरूमा बढ्दो प्रदूषण र अव्यवस्थित फोहोर व्यवस्थापनले जनस्वास्थ्यमा समेत गम्भीर जोखिम निम्त्याउन सक्ने उल्लेख गर्नु भयो । विशेषगरी बाक्लो जनघनत्व भएको क्षेत्रमा फोहोर व्यवस्थापनमा लापरबाही हुँदा संक्रमणको जोखिम उपत्यकाभर फैलिन सक्ने उहाँको भनाइ थियो ।

 

मन्त्री श्रेष्ठले फोहोरबाट निस्कने मिथेन ग्यासलाई ऊर्जामा रूपान्तरण गर्न सकिने भएकाले यस्ता परियोजनालाई वातावरण संरक्षण र नवीकरणीय ऊर्जा उत्पादनको महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताँउनु भयो।उहाँले भन्नु भयो, ‘फोहोर व्यवस्थापन गर्न नसक्दा संक्रमणको डर छ । अझ जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलियो भने त्यसले सिंगो उपत्यकालाई नै असर पार्न सक्छ। फोहोरबाट निस्कने मिथेन ग्यासको वातावरणीय प्रभाव पनि निकै बढी हुन्छ । त्यसैले बायोग्यास प्लान्टमार्फत मिथेनलाई ऊर्जामा रूपान्तरण गर्न सकिन्छ । यसले वातावरण संरक्षणसँगै नवीकरणीय ऊर्जा उत्पादनमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ।’उहाँले काठमाडौं महानगरपालिकाले टेकु क्षेत्रमा सुरु गरेको पहललाई सकारात्मक सुरुवातका रूपमा व्याख्या गर्दै फोहोरलाई ल्यान्डफिल साइटमा विसर्जन गर्ने वस्तुका रूपमा मात्र नहेरी स्थानीयस्तरमै व्यवस्थापन र उपयोग गर्न सकिने स्रोतका रूपमा लिनुपर्ने बताँउनु भयो ।

 

मन्त्री श्रेष्ठले टेकुस्थित परियोजनाबाट १४ किलोवाट विद्युत् उत्पादन गर्ने प्रारम्भिक लक्ष्य रहे पनि बाढीका कारण उपकरणमा क्षति पुगेकाले तत्काल विद्युत् उत्पादन हुन नसकेको जानकारी दिनु भयो ।उपकरण पुनःनिर्माण गरी विद्युत् उत्पादन सुरु गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अधिकारी तथा प्राविधिक टोलीलाई निर्देशन दिइसकेको उहाँले बताँउनु भयो ।परियोजनाबाट विद्युत् उत्पादन भएपछि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरी त्यसबाट प्राप्त आम्दानी काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ को आन्तरिक स्रोतका रूपमा विकास गर्न सकिने उहाँको प्रस्ताव छ ।उहाँले उत्पादित विद्युत् दिनको समयमा परियोजना परिसरस्थित कार्यालय सञ्चालनमा र रातको समयमा टेकु आसपासका सडक बत्ती बाल्न प्रयोग गर्ने अवधारणासमेत अघि सार्नु भयो ।

 

मन्त्री श्रेष्ठले देशका ७५३ वटै स्थानीय तहलाई फोहोरबाट ऊर्जा उत्पादन गर्ने यस्ता परियोजना सञ्चालनका लागि मन्त्रालयसँग समन्वय गर्न आह्वान गर्नु भयो । मन्त्रालय स्थानीय तहसँग साझेदारी गर्न तयार रहेको उहाँको भनाइ थियो ।उहाँले विश्व बैंकलाई समेत परियोजनाको विस्तार र प्रविधिगत सहयोगमा साझेदारी गर्न आग्रह गर्नु भयो । हाल दुईवटा डाइजेस्टरमार्फत सञ्चालन भइरहेको परियोजनालाई विस्तार गर्दै बन्चरेडाँडा र सिसडोलमा जाने फोहोरको मात्रा क्रमशः घटाउन सकिने उहाँको विश्वास छ ।काठमाडौं महानगरपालिकाले भविष्यमा आफ्नो एक किलो फोहोर पनि ल्यान्डफिल साइटमा नपठाउने लक्ष्य राख्नुपर्ने उल्लेख गर्दै उहाँले फोहोर व्यवस्थापनलाई उद्यमशीलता र रोजगारी सिर्जनासँग जोड्न सकिने बताँउनु भयो । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा विगतमा प्रचलनमा रहेको नेवार समुदायको ‘सागा’ प्रणालीलाई स्मरण गर्दै परम्परागत फोहोर व्यवस्थापन पद्धतिबाट पनि सिक्नुपर्ने बताँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका

विद्युत सर्ट भई बिर्तामोडको नाइट क्लबमा आगलागी

बिर्तामोड,१० मंसिर । बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।आज बिहानको राति १ : ४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक