खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विद्यालक्ष्मी

दमक, पुस १२
विद्यालक्ष्मी सेकेन्डरी स्कुल दमक ४ ले विद्यार्थीहरुलाई सृजनशील बनाउने योजना अनुरुप विद्यार्थीहरुबीच सञ्चालित खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम आज सम्पन्न गरेको छ ।

 

कार्यक्रममा विद्यार्थीहरुलाई उनीहरुको क्षमता विस्तार गराउन विभिन्न खेलकुदमुलक सृजनात्मक गतिविधि सम्पन्न भएका छन् । जसअन्तर्गत बोतलमा पानी भर्ने कक्षा १ को प्रतियोगितामा रेड हाउस पहिलो, २ को दौडमा मरमेन धिमाल पहिलो बन्नुभयो । कक्षा २ कालागि चकलेट दौड, कक्षा ३, ४ र ५ को चम्चा दौड भए । कक्षा ५ सम्मका विद्यार्थीहरुलाई कक्षगत रुपमा बेलुन फुटाउने, स्मरण दौड, गणित दौड प्रतियोगिता समेत भए ।

 

जुनियर हाजिरीजवाफ प्रतियोगितामामा रेड हाउस पहिलो, यल्लो हाउस दोस्रो र ब्ल्यू हाउस तेस्रो भयो । सिनियरतर्फको मेमोरी टेष्टमा छात्रतर्फ एडमण्ड ढुंगेल पहिलो, छात्रातर्फ करुणा बिके पहिलो हुन पुगेको विद्यालयले जनाएको छ । सिनियर चम्चा दौडमा सृजना पाठकले सबैलाई उछिन्नु भएको छ । श्रृतिलेखनमा पनि साना कक्षादेखिकालाई सहभागि गराइएको थियो । श्रृतिलेखनमा कविशा थापा, सियो दौडमा सामना भट्टराई, ब्याडमिन्टनमा सृजना पाठक पहिलो बन्नु भयो । श्रृतिलेखनमा कक्षा ९ बाट सौजन्य भट्राईले पहिलो स्थान प्राप्त गर्नुभयो ।

 

सिनियरतर्फको फुटबलमा सैलेश पाठकसहितको यल्लो टिम पहिलो र ग्रिन समूहको निर्मल पौडेलसहितको टिम दोस्रो बन्यो । छात्र र छात्रा भलिबल प्रतियोगिता समेत सम्पन्न भएको छ । सो अवसरमा पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

 

प्रतियोगिताको समापनका अवसरमा बोल्दै कार्यक्रममा पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवानले विद्यार्थीलाई हरेक विद्यालयले सृजनशील बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

 

शिक्षासेवी खेम दाहालले विद्यार्थीहरुको सिकाईमा पाठ्यक्रम बाहिर समेत प्रसस्त सिकाईका गतिविधि गर्नुपर्ने आजको आवश्यकता औंल्याउँदै विद्यालक्ष्मीले त्यसमा ध्यान दिएको बताउनु भयो ।

 

विद्यालयका संस्थापक प्रवीण चाम्लिङले सहि शिक्षा दिन आजको आजको आवश्यकता भएको समेत मन्तव्यमा उल्लेख गर्दै त्यसतर्फ आफ्‌नो विद्यालयले केही कोशिस गरेको जनाउनु भयो । २०५१ सालमा स्थापित सो विद्यालयले विद्यार्थीको अन्तरनिहीत प्रतिभाको विकासमा वर्षेनी यसप्रकारका क्रियाकलाप गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वीरगन्ज स्थित क्यासिनोबाट नेपालीसहित १२ जना पक्राउ

वीरगन्ज, ११ मंसिर । वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रा.लि.(क्यासिनो) भित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको तथा खेलिरहेको अवस्थामा १२ जनालाई

गोलबजार दुर्घटनाका फरार स्कार्पियो चालक पक्राउ

सिरहा ,११ मंसिर। सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर

आफ्नै गाईले टेक्दा गौरादहका वृद्ध गम्भीर घाइते

गौरादह, ११ मंसिर । आफ्‌नै गाईले टेक्दा गौरादहका एक व्यक्ति गंभीर घाइते हुनु भएको छ ।हिजो बिहिबार बिहान ६ बजे गौरादह –९ तुलाचन बस्ने ८३

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु