हिमालय माविका विद्यार्थीको खेल सप्ताह सुरु

दमक, पुस २१
विद्यार्थीलाई किताबी ज्ञानसँगै खेलकुद सहित सृजनात्मक गतिविधिमा समेत उत्कृष्ठ बनाउने योजना अनुरुप गुणस्तरीय सिकाईमा पूर्वकै अब्बल दमक २ को हिमालय माविले विद्यार्थीहरुका लागि खेलकुद सप्ताह सुरु गरेको छ ।

 

आइतबार एक कार्यक्रमका बीच विद्यालयका सल्लाहकार संयोजक शेरबहादुर भट्टराई, शिक्षक अभिभावक संघका संयोजक केदार घिमिरे, प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठसहितको अगुवाईमा सप्ताहको उद्घाटन गरिएको छ ।

 

सप्ताहमा फुटबल, भलिबल, क्रिकेट, रिले दौड, बुद्धिचाल, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, छेलो, भाले जुधाईका साथै साना कक्षाका लागि चम्चा दौड, चक्लेट दौड (भिडियो छ), किताब दौड, गणित दौड, भ्यागुते दौड, बेलुन फुटाई, बम फुटाई, बेलुन नृत्य, इँटा सार्ने, स्किपिङसहितका खेलका प्रतियोगिता राखिएको छ ।
सप्ताह समापनका दिन पुरस्कृत विद्यार्थीहरुलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद समिति सदस्य जयप्रसाद आचार्यले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वीरगन्ज स्थित क्यासिनोबाट नेपालीसहित १२ जना पक्राउ

वीरगन्ज, ११ मंसिर । वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रा.लि.(क्यासिनो) भित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको तथा खेलिरहेको अवस्थामा १२ जनालाई

गोलबजार दुर्घटनाका फरार स्कार्पियो चालक पक्राउ

सिरहा ,११ मंसिर। सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर

आफ्नै गाईले टेक्दा गौरादहका वृद्ध गम्भीर घाइते

गौरादह, ११ मंसिर । आफ्‌नै गाईले टेक्दा गौरादहका एक व्यक्ति गंभीर घाइते हुनु भएको छ ।हिजो बिहिबार बिहान ६ बजे गौरादह –९ तुलाचन बस्ने ८३

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु