प्रधानाध्यापक बुढाथोकीबाट अक्षयकोष, बाल कक्षालाई ट्रयाक सुट

पथरी, पुस २३
देवताका रुपमा रहेका आफ्‌ना बाबुआमाको महानतालाई कसरी चिरस्थायी राख्ने भन्नेमा विभिन्न मानिसले विभिन्न तरिका अपनाएका हुन्छन् । त्यसमध्येमा मोरङको पथरीशनिश्चरे १ का अर्जुनकुमार बुढाथोकीले बाबुआमालाई आफूले पढाउने विद्यार्थीका माध्यमबाट चिरकालसम्म जिवित राख्ने योजना बनाउनु भयो ।

 

अर्थात स्थानीय पञ्चायत माविका प्रधानाध्यापक उहाँले भौतिक रुपमा विदा हुनु भएका बाबु प्रेम र आमा गीताको स्मृतिमा एक लाख ११ हजार १११ रुपैयाँको ‘प्रेमगीता स्मृति अक्षकोष’ स्थापना गर्नुभयो । त्यसको व्याज वर्षेनी विद्यार्थीको हितका काममा खर्चिने योजना अनुरुप पहिलो वर्ष उहाँले बाल कक्षाका सम्पूर्ण ५० जना विद्यार्थीलाई न्यानो कपडाका रुपमा ट्रयाक सुट वितरण गर्नुभयो ।

 

विद्यालयलाई पूर्वकै अग्रणी बनाउने कुरामा विशेष योगदान पुरयाउँदै आउनु भएका प्रधानाध्यापक बुढाथोकीले उहाँकी श्रीमती शिक्षिका गोमादेवी पौडेल बुढाथोकीसँगको सहकार्यमा अक्षयकोषको व्याजबाट प्राप्त ११ हजार र त्यसमा २४ हजार थपेर विद्यालय पोशाकको ट्रयाक सुट वितरण गरेर विद्यार्थीलाई जाडोमा न्यानो पार्नु भयो ।

 

कक्षा नर्सरी र केजीमा अध्ययनरत ती विद्यार्थीहरु ट्रयाक सुट पाएर निकै खुसी भए । कार्यक्रममा प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, शिक्षिका गोमादेवी पौडेल बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका सदस्य रामप्रसाद ग्यावा तामाङका साथमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने