बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

 

बिर्तामोड, माघ ८

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव मंगलबारबाट सुरु भएको छ । महोत्सवको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो ।

 

मुख्यमन्त्री कार्कीले यसखाले महोत्सवले मुलुकको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाउनु भयो । साथै उहाँले प्रदेशको आर्थिक उन्नतीका गतिविधिमा प्रदेश सरकार लागिरहेको बताउनु भयो ।

 

महोत्सवको उद्घाटन सत्रमा दर्जनभन्दा बढी विभिन्न जातिका भेषभूषा, बाजागाजा, सामाजिक संघ संस्था, उद्योगी व्यवसायी र शुभेच्छुकहरुको उपस्थितिमा नगर परिक्रमा गरिएको थियो । बिर्तामोड नगरपालिका ५ धर्मकाटा रोडमा माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताउनु भयो ।

 

महोत्सवस्थलमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । महोत्सवमा महोत्सवमा मित्रराष्ट्र भारत, भुटान, वंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टल समेत कुल १५० वटा स्टल रहेका छन् । अलैंची, अदुवा, कुचो, चिया, सुपारी, मसलाजस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवद्र्धन गर्ने आयोजकको अपेक्षा छ ।

 

महोत्सवले यहाँका व्यवसायीमार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी वस्तु उत्पादन गरेर रोजगार सृजना गराउन थप बल प्रदान गर्ने विश्वास लिइएको छ ।

 

महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ । यसैगरी विभिन्न जात जातिका कला संस्कृतिहरुलाई समेत समेटिने छ । महोत्सव अवधिभर दुई लाख भन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा रहेको र महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सीसी क्यामेराको प्रवन्ध गरिएको आयोजकले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य