भारतका ४ विद्युतीय गाडी नेपाल आउँदै, चिनियाँ मोडललाई पार्ला त असर ?

दमक, माघ ९
भारतमा उत्पादन भएका ४ विद्युतीय गाडीका मोडल नेपाल आउने भएका छन्। भारतका ‘बिग ब्रान्ड’ले उत्पादन गरेका ४ विद्युतीय मोडल आउने भएका हुन्।

 

नेपाली बजारमा चिनियाँ मोडलको बजार हिस्सा बढ्दै गएको समयमा ४ ठूला ब्रान्डले ‘मास प्रोडक्ट’को रूपमा ४ गाडी भित्राउँदै छन् । फागुनदेखि असोजसम्म ४ नयाँ विद्युतीय गाडीका मोडल ल्याउने सम्भावना छ । विद्युतीय गाडीको बजार प्रतिशतका हिसाबले भारतमा भन्दा नेपालमा ठूलो छ।

 

भारतीय ब्रान्ड टाटाले मात्रै चिनियाँ विद्युतीय गाडीका मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ। टाटाको नेक्सन, टियागो र पञ्च पछिल्लो ३ वर्षमा बढी बिक्री भएका छन्। चीनमा उत्पादित बीवाईडी, ओमोडा, नेटा, एमजी, डिप्पलको बजार हिस्सा बढ्दो छ । चिनियाँ ब्रान्डले दबदबा राखेको नेपालको अटो मार्केटमा भारतीय ब्रान्ड बल्ल प्रतिस्पर्धी हुने भएका छन्। टाटा बाहेक हुन्डाई, सुजुकी, महिन्द्राले विद्युतीय गाडीबाटै प्रतिस्पर्धा गर्नेछन् ।

 

भन्सार विभागको पुससम्मको तथ्यांक अनुसार कुल ५ हजार ४८० विद्युतीय गाडी भित्रिएका छन् । भारतबाट १२ सय ५० मात्रै विद्युतीय गाडी भित्रिँदा उत्तरी छिमेकी मुलुकबाट ४ हजार २०५ आयात भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग