आजबाट चुलाचुली पाठशाला नाट्य महोत्सव

भूमि, कला र पर्यावरण कलाको समिश्रणमा नाट्य महोत्सव

दमक, माघ १४
दक्षिणी इलाममा रहेर रंगमञ्च गतिविधिमा सक्रिय चुलाचुली रंगमञ्चले विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिमा सोमबार (आज) बाट दुईदिने ‘तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु हुने भएको छ ।

 

 

भूमि, कला र पर्यावरणको सम्मिश्रणमा ‘विश्वव्यापारीकरमा ग्रामीण सौन्दर्यको खोजी’ को नारासहित चुलाचुली–३ स्थित शिव ओरक मिलन पोखरी पर्यटन क्षेत्रमा नाट्य महोत्सव हुनेछ । माटोकै प्रपर्टी र माटोकै कलात्मक एवम् प्राकृतिक खुला मञ्च खडा भएको छ । योखाले नाट्यशालास्थल नेपालमै नौलो हो । दर्शक बस्ने बाँसको प्याराफिट शैलीको स्थल छ । महोत्सवमा फाइन आर्ट कार्यशाला, फोटो प्रदर्शनी, नाटक कार्यशाला, विभिन्न जातजातिको लोकबाजा झाँकी प्रदर्शनी र रङ्गमञ्च अन्तरसंवाद गरिनेछ ।

 

महोत्सवमा नेपालका सात वटा विद्यालयको प्रस्तुति छनोटमा परेको छ । नाट्य महोत्सवको पहिलो दिन आयोजक चालचुली रङ्गमञ्चले ‘भुमरी’, मोरङको सुन्दरहरैंचास्थित सुविजिमुर मेरमोरियल माविले ‘उ जुनेली’, हेटौँडास्थित कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्चबुद्ध एकाडेमीले ‘मणी लुगा’ मञ्चन गर्नेछ । त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति र शिक्षा, नेपाली रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवाद हुने संस्थाका निर्देशक चेतन आङथुपो ‘डर’ ले जनाउनु भयो । ‘शिक्षामा सृजनशीलता’ नामक अन्तरसंवादमा लोकनाथ पौडेल, रुद्र प्रभात र रीता पोखरेलले विचार राख्नुहुनेछ ।

 

मंगलबार चुलाचुली गाउँपालिकास्थित अमृत बोर्डिङ स्कूलले ‘द ल्याण्ड अफ मङ्की’, बालज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ र मोरङस्थित रियालन्स माविले ‘मौनताको कथा’ मञ्चन हुनेछ । सोही दिन कुलुङ भाषा संस्कृति उत्थान संघ चुलाचुलीको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवादसँगै महोत्सवको समापन गरिने छ ।

 

 

शैक्षिक संस्थालाई रङ्गमञ्च कसरी बुझाउन सकिन्छ भन्ने अभ्याससँगै नाटक मात्रैभन्दा पनि पर्यावरणबारे पनि बुझाउने प्रयास रहेको आङथुपोले बताउनु भयो, ‘हामीले भूमि, कला र पर्यावरण कलाको सम्मिश्रणमा खुला ठाउँमा नाट्य उत्सव गर्दैछौँ ।’ उहाँले भन्नु भयो । त्यहाँ निर्मित खुला रंगमञ्चमा बिहान १० देखि अपरा्‌हन ४ बजेसम्म नाटकहरु प्रदर्शन गरिने आङ्थुपोले बताउनु भयो । कार्यक्रममा कार्यशाला पनि आयोजना हुनेछ ।

यसखाले पहिलो महोत्सवमा ६ वटा र दोस्रो महोत्सवमा १० वटा नाटक मञ्चन गरिएको थियो ।
२०६९ मा स्थापित चुलाचुली रंगमञ्चले नाटक महोत्सव, नाट्य कार्यशाला जस्ता गतिविधि गर्दै आएको छ । खासगरी विद्यार्थीलाई लक्षित गरी संस्थाले नाट्य कार्यशाला र महोत्सवहरू आयोजना गर्दै आएको छ । विद्यार्थीलाई किताबी ज्ञानका साथै सृजनात्मक गतिविधिमार्फत प्रतिभा बाहिर ल्याउने र असल नागरिक बनाउन यसखाले कार्यक्रम मद्धत पुग्ने आयोजकको अपेक्षा छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय