हिमालय माविको वार्षिकोत्सव सन्दर्भ

हिमालय सिङ्गिङ र डान्सिङ आइडल सम्पन्न

दमक, माघ १४
गुणस्तरीय पठनपाठनमा अब्बल झापाको दमक २ स्थित हिमालय माद्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सवका अवसरमा सोमबार सो विद्यालयका विद्यार्थीकालागि गायन र नृत्य सम्बन्धिको ‘हिमालय सिङ्गिङ र डान्सिङ आइडल’ सम्पन्न भएको छ ।

 

दुइदिने कार्यक्रमको उद्घाटन दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
प्रतियोगिता अन्तर्गत, सिनियर डान्सिङतर्फ कक्षा ८ सेक्सन ए की रेविका बस्नेत, ८ ए की विनिता बुढाथोकी र ९ बी की जेनिसा ढकालले क्रमशः विजेता, उपविजेता र तेस्रो स्थान हााँसिल गर्नुभयो । जुनियरतर्फ, कक्षा २ ए की आदिस्ना वस्ती, ३ ए की जेनिसा माझी र ३ बी की समुना न्यौपानेले क्रमशः विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्नुभयो ।

 

सिनियर सिङ्गिङ्तर्फ, कक्षा ९ बी की साइना बोहोरा र ९ बी कै अस्मिता दर्जी क्रमशः विजेता र उपविजेता बन्नु भयो । विजेतालाई क्राउनसहित नगद ३ हजार र उपविजेतालाई १ हजार ५ सय, ट्रफी, प्रमाणपत्र प्रदान गरियो । अन्य सबैलाई फाइनलिस्ट घोषणा गरिएको विद्यालयका नृत्य तथा गायन संयोजक शिक्षक वीरबहादुर लावतीले जनाउनु भयो ।

 

सिनियर डान्सिङतर्फ विजेतालाई नगद ७ हजार, क्राउन, ट्रफी, प्रमाणपत्र प्रदान गरिएको छ । उपविजेता र तेस्रो हुनेलाई क्रमशः नगद ४ हजार र २ हजार तथा जुनियरतर्फ विजेतालाई ४ हजार, क्राउन, ट्रफी र प्रमाणपत्र प्रदान गरिएकाको छ । उपविजेता र तेस्रो हुनेलाई क्रमशः २ हजार र १ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले जनाउनु भयो । विजेता सबैलाई पठनपाठनमा पूर्ण छात्रबृत्ति प्रदान गरिएको छ ।

 

विद्यार्थीबाट भएको फुडफेस्टिभल, दन्तशिविर र रक्तदान समेत गरिएको कार्यक्रममा दमकका पूर्व नगरप्रमुख एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोमनाथ ओली, नगरका सबैभन्दा बढी रक्तदान गर्ने रक्तदाता सामाजिक अभियन्ता राजकुमार श्रेष्ठसहितको उपस्थिति रहेको थियो । वार्षिकोत्सव समापनसहित भोलि हुने अभिभावक दिवसमा विशेष कार्यक्रम समेत हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि

सुनसरीमा ईभी कारको ठक्करबाट प्रहरी वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,९ असार ।  सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक राजमार्गमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सईको मृत्यु भएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी

व्यवस्थापकीय चुनौतीका कारण बन्दसत्र लम्बिने संकेत

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताउनु भएको छ । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत

झापाबाट गगन थापाको उद्घोष,कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ

झापा,९ असार ।नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्। झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै