कोपनहेगनमा पोखरेलको ‘विश्वासमाथि उभिएर’ कविता संग्रह विमोचन

अमेरिका, माघ १५
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले राजधानी कोपनहेगनमा विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्दै कवि सुदर्शन पोखरेलको कविता संग्रह ‘विश्वासमाथि उभिएर’को विमोचन सम्पन्न गरेको छ ।

 

कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासकी कार्यवाहक राजदूत सावित्रा वलीले संग्रह विमोचन गर्दै प्रवासमा नेपाली भाषामा साहित्य सृजना र पठन संस्कृतिको अभ्यासलाई अत्यन्तै सह्राहनीय कदमका रूपमा व्यक्त गर्नुभयो । कार्यवाहक राजदूत वलीले नेपाली भाषा र साहित्यले मात्र मौलिक पहिचानलाई जोगाएर राख्न सक्ने बताउँदै प्रवासमा यस्ता क्रियाकलापले भाषा, संस्कृति र पहिचानलाई थप बलियो बनाउने धारणा राख्नुभयो ।

 

 

कार्यक्रममा विमोचित पुस्तकबारे टिप्पणी गर्दै कवि प्रकाश सापकोटाले ‘विश्वासमाथि उभिएर’मा सङ्ग्रहित कविताहरू विचार, पौराणिक ज्ञान र विज्ञानको समिश्रणले भरिपूर्ण रहेको बताउनुभयो । भर्चुअल माध्यमबाट साहित्यकार युवराज नयाँघरे र धर्मेन्द्र तिमिल्सिनाले पुस्तक र कवि पोखरेललाई शुभकामना प्रदान गर्दै नेपाली साहित्यको यो योगदानलाई प्रशंंसा गर्नुभयो ।

 

 

संग्रहका सर्जक सुदर्शन पोखरेलले पहिलो कृति सार्वजनिक गर्न पाउँदा अत्यन्त खुशी लागेको जनाउँदै कार्यक्रममा आफ्ना गद्य र पद्य कविताहरू वाचन गर्नुभयो । उहाँले यो संग्रह आफ्ना विचार र अनुभवहरूको अभिव्यक्ति भएको बताउँदै साहित्यिक यात्रा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

कार्यक्रममा साहित्य, विचार र सृजनाको बेजोड संयोजन मात्र नभई, नेपाली भाषा र साहित्यको प्रवासमा संरक्षण र प्रोत्साहन गर्ने प्रतिबद्धता स्पष्ट देखिएको थियो । ‘विश्वासमाथि उभिएर’को विमोचन र च्याप्टरको गतिविधिले नेपाली साहित्यप्रति डेनमार्कका साहित्यप्रेमीहरूको समर्पणलाई झल्काएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये