एसइईमा पाँच लाख बढी विद्यार्थी सहभागी हुने, फागुनभित्र प्रश्नपत्र पुग्ने

दमक, फागुन १
राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को तीव्र तयारी गरेको छ। आगामी चैत ७ गतेदेखि हुने एसइई परीक्षाका लागि प्रश्नपत्र छपाइ शुरु भइसकेको छ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा उपनियन्त्रक तारानाथ निरौलाले गत मंगलबारदेखि नै सरकारको स्वामित्वमा रहेको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा एसइई परीक्षाको प्रश्नपत्र छपाइ थालिएको जानकारी दिनुभयो ।

 

उहाँका अनुसार सुरक्षाकर्मीको तीन तहको सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ भइरहेको छ। पाँच लाख १६ हजार ७७९ जना परीक्षार्थीहरूका लागि प्रश्नपत्र छाप्ने तयारी गरिरहिएको उहाँले जानकारी दिनुभयो । ‘केही बढी नै प्रश्नपत्र छाप्नुपर्ने भएकोले पाँच लाख २५ हजार जनाका लागि प्रश्नपत्र छापीरहिएको जनाइएको छ ।

 

उपनियन्त्रक निरौलाले यो फागुनभित्र सबै जिल्लामा प्रश्नपत्र पुर्‍याइसक्ने बताउनु भएको छ । उहाँका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशलगायत विकट जिल्लामा फागुन १५–२० सम्म प्रश्नपत्र पुर्‍याइनेछ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य