नयाँँदिल्ली रेलवे स्टेसन भागदौड घटना

मृतक र घाइतेलाई सरकारले क्षतिपूर्ति दिने, कारण अझै पत्ता लगेन

दमक, फागुन ४
भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडमा परी १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कैयौँ घाइते भएका छन् ।

 

प्रशासनले मृतक १८ जनाको नामावली समेत सार्वजनिक गरेको छ । यसैबीच रेलवेले मृतकका परिवारलाई १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

 

गम्भीर घाइतेलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको बिबिसि हिन्दिमा उल्लेख छ ।

 

प्रशासनले यो घटनालाई अत्यधिक भीडभाडका कारण भएको बताएको छ । साथै, वास्तविक कारण पत्ता लगाउन अनुसन्धान गरिने पनि उनीहरुले बताएका छन् ।

 

घटनाका बेला उपस्थित प्रत्यक्षदर्शीले पनि भागदौडको अनुभव सुनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार मञ्चमा प्रवेश गर्न प्रयोग गरिने फुटब्रिजमा भागदौड मच्चिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य