अमेरिकी सहयोग कटौती श्रृखला

युएसएआईडीका नेपालका सात कार्यक्रम पनि रोकिए

दमक, फागुन १२
अमेरिकी सरकारले पछिल्लो समयमा नेपालमा एमसीसीका कार्यक्रम स्थगित गरेको अवस्थामा अमेरिकी सहयोग नियोग (युएसएआईडी) ले नेपालमा सञ्चालन गरेका सात वटा कार्यक्रम पनि स्थगित गरेको छ ।

 

अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर ती कार्यक्रमहरू स्थगित भएका जानकारी दिएको छ । ‘अमेरिकी राष्ट्रपति (डोनाल्ड ट्रम्प) बाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत् सञ्चालित शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रम ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ’, मन्त्रालयले भनेको छ, ‘त्यस्तै, जैविक विविधता, प्रदेश एवम् स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम डिजाइनका क्रममा रहेकोमा उक्त आदेशबाट यी समेत रोकिएको अवस्था छ ।’

 

डिजाइनका क्रममा रहेका तीनवटा कार्यक्रमका लागि सम्झौता नभइसकेकै अवस्थामा रोकिएका हुन् । ती कार्यक्रम सहयोग प्राप्तिका लागि प्रक्रियामा थिए ।
अमेरिकी सहयोग नियोगबाट नेपालमा सन् १९५१ देखि निरन्तर रूपमा अनुदान सहायतामार्फत् विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको अवस्था थियो । युएसएआईडीका सबै कार्यक्रम बन्द भइसेका छन् ।

 

यसअघि ट्रम्प प्रशासनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहित वित्तीय संघीयता कार्यान्वयन र जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रमका लागि नेपाललाई दिँदै आएको लगानी रोक्का गरिसकेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा