विद्यार्थीलाई सिकाइयो राष्ट्र संघमा हुने छलफल र बहस गर्ने तरिका

दमक, फागुन १६
तीन वटा विषयका विज्ञहरु अगाडिपट्टिको मञ्चमा बसेका छन् । त्यसको ठीक अगाडि अन्तराष्ट्रिय मिडियाका पत्रकारहरु । पत्रकारहरुले संयूक्त राष्ट्र संघमा के के विषयमा छलफल भए र त्यसको निचोड के निस्किरहेको छ भनेर प्रश्न गरे ।

 

यो दृष्य काल्पनिक हो । न यहाँ प्रश्न सोध्ने अन्तराष्ट्रिय मिडियाका पत्रकार हुन । अनि जवाफ दिनेहरु न विषयका विज्ञ वा सरोकारवाला हुन् । यो एउटा नमुना अभ्यास हो । प्रश्न सोध्नेहरु कोही कक्षा ८ त कोही ९ मा अध्ययन गर्ने विद्यार्थीहरु हुन् भने जवाफ दिनेहरु कक्षा १२ मा अध्ययन गर्नेहरु हुन् ।

 

दमक ८ मा रहेको झापा मोडल अंग्रेजी माद्यमिक विद्यालय । यसको प्रवेश गर्ने मूल प्रवेशद्धारमा बिभिन्न देशका झण्डाहरु गाडिएका छन् । विद्यालयको प्राङ्गणमा पनि पनि देश विदेशका झण्डा टाँगिएको छ । कक्षा कोठाहरु पनि त्यस्तै छन् । लाग्छ यहाँ कुनै अन्तराष्ट्रिय स्तरकै कार्यक्रम हुन लागिरहेको छ ।

 

कार्यक्रम अन्तराष्ट्रिय स्तरको नभएपनि यहाँ विद्यार्थीहरुलाई संयूक्त राष्ट्र संघको बैठक कसरी सञ्चालन हुन्छ भन्नेबारेमा बुझाउन खोजिएको छ । प्रयोगात्मक रुपमै संयूक्त राष्ट्र संघका सदस्य देशहरुको नाम र झण्डा सहित विद्यार्थीहरुको समूह बनाइएको छ । आफु जुन देशको समूहमा पर्यो त्यही देशको समस्या र अन्तराष्ट्रिय मञ्चबाट त्यसको समाधान खोज्नेबारेमा विद्यार्थीहरुले दफाबार छलफल गरिरहेका छन् ।

 

झापा मोडल अर्थात जेम्सले यो कार्यक्रम काठमाडौस्थित रातो बङ्गला स्कुलसँगको प्राविधिक सहयोगमा दमकमा भित्र्याएको हो । रातो बङ्गलाबाट यस अघीनै संयूक्त राष्ट्र संघको नमुना बैठक गरी काठमाडौका बिभिन्न विद्यालयमा यस्तै अभ्यास गराउँदै आएका विद्यार्थीहरु यहाँ आएका छन् । उनीहरुले यो कार्यक्रमको सहजीकरण गरिरहेका छन् ।

 

विद्यालयका सस्थापक जयबहादुर श्रेष्ठले अहिलेको ग्लोबल भिलेजमा यसखाले सिकाई अपरिहार्य भएकोले यो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
जेम्समा यो कार्यक्रम आउने थाहा पाएपछि दमक नगरपालिकाले पनि सहयोग गर्ने इच्छा देखायो । त्यसपछि नगरपालिकाले यहाँ रहेका ८ वटा समुदायिक विद्यालयका विद्यार्थीहरुलाई पनि सहभागी गराउनु पर्ने भन्दै कार्यक्रमलाई अझ भव्य बनाइदियो । त्यसपछि कमल, उर्लाबारी र दमकका ३ वटा निजी विद्यालयका विद्यार्थीहरुलाई पनि सहभागी गराएर कार्यक्रमलाई भव्य र उत्साहपूर्ण ढंगले अघि बढाइएको छ । यस्तै, गौरादहको एउटा समुदायिक विद्यालय समेत यो कार्यक्रममा सहभागी छ ।

 

विद्यार्थीहरुको सिकाई पुस्तकमा मात्रै सिमित हुनुहुँदैन । उनीहरुको सोचाई अव ग्लोबल्ली हुन पर्छ । त्यही अनुसारको प्रश्न गर्न सक्ने र अध्ययन गर्न सक्ने क्षमताको हुनु पर्छ । यही कुराको मद्यनगर गर्दै जेम्सले बिभिन्न फरक फरक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्यस अन्तर्गत संयूक्त राष्ट्र संघको नमुना कार्यक्रम बुधबारदेखि यहाँ सञ्चालन भइरहेको छ । कार्यक्रम शुक्रबारसम्म चलेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति