दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२ औं बटालियन, ए कम्पनी मोहमारीका एक सिपाहीको शुक्रबार काजला सीमा चौकीमा ड्युटीको क्रममा अचानक स्वास्थ्य बिग्रिएपछि मृत्यु भएको हो । मृतक सिपाहीको पहिचान राजस्थान निवासी सुभाष चन्द्रका छोरा विक्रम सिंहको रूपमा गरिएको छ।

छठघाटमा सुरक्षा कडा, महँगा गहना नलगाउन पर्सा प्रहरीको आग्रह
वीरगञ्ज,२९ कार्तीक । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको









