दमक, फागुन २९
झापाको दमक १ स्थित चुलाचुली इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुलले एसईईको ३५ औं व्याचका विद्यार्थीलाई बिहीबार एक कार्यक्रमकाबीच विदाई गरेको छ ।
विद्यालयका संस्थापक निर्देशक मनोजकुमार राईले विद्यालयको सफलताको यात्रासहित विद्यार्थीहरुलाई शुभकामना दिनु भयो ।
कार्यक्रमका अध्यक्ष संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राईले उत्कृष्ठ अंक ल्याएर विद्यालयको नाम समेत अघि बनाउनकासाथै विद्यार्थीको उज्वल भविष्यको कामना गर्नुभयो ।
सो अवसरमा विद्यालय शिक्षक शारदा राईले विदाई मन्तव्य व्यक्त गर्दै सफता प्राप्त गर्नकालागि संघर्ष आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई प्रोत्साहित गर्नुभयो ।
विदाई हुनुपरेका विद्यार्थीहरुले विद्यालयप्रति अगाध सम्मान गर्दै धन्यवाद र आभारसहितको मन्तव्य व्यक्त गरेका छन् ।
कार्यक्रममा यस शैक्षिक शत्रमा शतप्रतिशत उपस्थिती जनाउने छात्रछात्रालाई पुरस्कृत समेत गरियो । सदन क्याप्टेन, कक्षा क्याप्टेन र विद्यालय क्याप्टेन विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
संस्थापक निर्देशक मनोजकुमार राई र संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राईले एसईई २०८१ मा सहभागि हुने ८१ जनालाई मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा विद्यार्थीहरुले आकर्षक नृत्यका साथै गायन समेत प्रस्तुत गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाएका थिए । कक्षा ९ का छात्राहरु कञ्चन श्रेष्ठ र अन्सु कुरुङवाङले कार्यक्रमको सञ्चालन गर्दै विदाई कार्यक्रममा शिक्षक र विद्यार्थीबीचको भावनात्मक सम्बन्धलाई जोड्नु भएको थियो ।









