दमकमै जटिल प्रकृतिको शल्यक्रिया

आमाशयको प्वाल टालिएका बच्चाको सफल उपचार

यस्तो समस्या विश्वका  बिरलै मानिसमा देखिने चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार हरेक १ हजार शिशुमध्ये एक  जनामा मात्रै यस्तो समस्या देखिने गर्छ ।

दमक, १३ चैत– आमाशयको प्वाल टालिएका एक शिशुको दमकस्थित किओच बाल अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । ताप्लेजुङ स्थायी घर भई हाल झापाको कन्काई नगरपालिका ८ मा बसोबास गरिरहनु भएकी ४० वर्षीया सुकमाया लिम्बुले जन्माएको शिशुमा यस्तो देखा परेको हो । यस्तो समस्यामा विश्वका  बिरलै मानिसमा देखिने चिकित्सकहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार हरेक १ हजार शिशुमध्ये एक  जनामा मात्रै यस्तो समस्या देखिने गर्छ ।

जन्मेको १५-१६ दिन सम्म सबै ठीक थियो । तर शिशुले एक्कासी अत्यधिकक बान्ता गर्न थालेपछि आमा सुकमायाको होसहवास उड्न थाल्यो । भर्खरैकी गर्भवती आमा , आराम र बिना तनाव बस्नुपर्ने बेलामा बच्चामा फरक समस्या देखिन थालेपछि आत्तिनुभयो । त्यसपछि बिर्तामोडका बिभिन्न अस्पताल डुलाउनुभयो । त्यसबेला सम्म उहाँको बच्चाको समस्या  बिसको उन्नाईस पनि भएको थिएन । तर,  जव उहाँले दमकस्थित किओच बाल अस्पतालमा ल्याउनुभयो त्यसपछि भने उहाँको सबै डरमात्रै हटेन शिशु पूर्ण रुपमा निको बनाउन सक्नु भयो । र,  खुसी हुँदै बुधबार घर फर्कनु भएको छ ।

निरन्तर उपचार र शल्यक्रिया  गरेपछि  टालिएको आमाशय खोल्न चिकित्सक सफल भएका हुन्  ।

बालबालिकाहरुको सबै खाले उपचार गर्न भनी डा. भगवान कोइरालाको अभियान अन्तर्गत खुलेको अस्पताल हो किओच बाल अस्पताल । जसअन्तर्गत दमकमा सञ्चालनमा रहेको यो अस्पतालले आफ्नो सेवा प्रवाहको अवधीमै पहिलो पटक यस खाले जटिल उपचार गरेको जनाएको छ । चिकित्सकीय भाषामा इन्फाईडर हाईपरट्रोफी पाईलोरी स्टोनोशीक अर्थात आमाशयको प्वाल बन्द हुने यो समस्या बिरलै शिशुमा देखिने गरेको यसको उपचारमा संलग्न चिकित्सकको भनाई छ । अस्तपलताका बालरोग विषेशज्ञ डा. प्रभुदयाल अग्रवालका अनुसार अत्यधिक बान्ता  भएका कारण बच्चाको शरीरमा पानीको मात्रा कम भइसकेको र अन्य रोगसग लड्न सक्ने क्षमता पनि कमजोर भइसकेको थियो । तर,निरन्तर उपचार र शल्यक्रिया  गरेपछि  टालिएको आमाशय खोल्न चिकित्सक सफल भएका हुन्  ।

यो शल्यक्रियाका लागि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालका वरिष्ठ  बरिष्ठ बालरोग विषेशज्ञ डा. दिनेश कोइरालालाई समेत बोलाएर बच्चाको उपचार सम्भव गराइएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. जयमण्ाि श्रेष्ठले  जानकारी दिनुभयो । यस खाले शल्यक्रिया अन्य निजी अस्पतालमा गरेको भए लाखौ खर्च हुने भएपनि यहाँ भने सबै सेवा निःशुल्क गरिएको छ  ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको