उद्धार कार्यमा कठिनाइ

म्यान्मारमा भुकम्पबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

सामग्रीको अभाव, सञ्चार नेटवर्कमा समस्या तथा खराब बाटोको कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भइरहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भुकम्पबाट म्यान्मारमा पुगेकाे क्षति । तस्वीर ः एजेन्सी

एजेन्सी, चैत १७ / म्यानमारमा शुक्रबार गएको शक्तिशाली भुकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार ६ सय नाघेको छ ।

दोस्रो ठूलो सहर माल्डल्यबाट १२ तले घरमा पुरिएकी एक महिलालाई ३० घण्टापछि उद्धार गरिएको छ । त्यस स्थानमा अझै ९० जना पुरिएका जनाइएको छ ।े किन्डर गार्डेन रहेको घर भत्किदा १२ जना बालबालिकाको शव फेला परेको थियो ।

सामग्रीको अभाव, सञ्चार नेटवर्कमा समस्या तथा खराब बाटोको कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भइरहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । स्वास्थ्यकर्मीलाई टेन्टसहित अन्य धेरै मेडिकल सामाग्रीको समस्या भइरहेको छ ।

मानव अधिकारवादी राहत संस्था ओसीएचएका अनुसार न्यापितह, याङ्गुन र मान्डल्यको बीचमा सडक पनि भत्किएका कारण अझ बढी समस्या भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने