सुस्ताएको बजार चलायमान बनाउने पहल

दमकमा सुरु भएको सन्ध्याकालीन सस्तो बजारमा के के पाइन्छ ?

जहाँ पाइन्छ सस्तो मूल्यमा जुत्ताचप्पल, फेन्सी तथा अन्य आइटम । भान्सालगायत अन्य दैनिक उपभोग्य सामानहरु ।

दमक, चैत्र १८— झापाको दमक नगरपालिका वडा नं ६ र ७ बिचमा पर्ने खुल्ला सडक । पूर्व बसपार्क अर्थात पशु बजारबाट उत्तर तर्फ हनुमान मन्दिर हुदै बजार जाने सडक खण्ड । यो सडक खण्डलाई अहिले रङ्गीन बनाइएको छ । झिलीमिली पारिएको छ । सडकको किनारमा फरक फरक प्रकारका व्यापारीहरुले सामान बाहिर निकालेका छन् ।

यस क्षेत्रका व्यापारीहरु आफै एकजुट भए । अनी आफ्‌नै पसल अगाडी सन्ध्याकालीन समयमा सस्तो बजार खोल्न अग्रसर भए । यसमा साथ दियो दमकमा रहेको होलसेल व्यवसायी सघंले । संघले बिभिन्न सस्थाहरुसग समन्वय गर्न सहयोग गर्यो । स्थनीय तहदेखि प्रहरी प्रशासनसम्मको समन्वयले यस क्षेत्रमा आईतबारबाट सुरु भएको छ सन्ध्याकालीन सस्तो बजार ।

जहाँ पाइन्छ सस्तो मुल्यमा जुत्ता चप्पल, कपाडाका फेन्सि तथा अन्य आइटमहरु । किचन लगायत अन्य दैनिक उपभोग्य सामानहरु । यति मात्रै नभएर निशुल्क ज्योतीषी परामर्ष पनि यही पाइन्छ ।

आइतबार साँझ औपचारीक कार्यक्रमको आयोजना गर्दै यो सन्ध्याकालीन सस्तो बजारको उद्घाटन गरिएको छ । सो अवसरमा व्यवसायीको तर्फबाट बोल्दै चेम्वर अफ कर्मस नेपाल दमक नगरका अध्यक्ष राजेन्द्र ढकाल भन्नु हुन्छ ‘अहिलेको स्थित बजारलाई थप चलायमान बनाउन यो सन्ध्याकालीन सस्तो बजार महत्वपूर्ण बन्ने छ । ’ स्थानीय सरकार र प्रहरी प्रशाषनले यहाँ आवश्यक सबै सुरक्षा प्रदान गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

यस्तै दमकका रहेका बिभिन्न सामाजीक सस्थाहरुको तर्फबाट बोल्दै दमकका व्यवसायी भरत चौलागाईले व्यापारी र उपभोक्ता दुवैको हितमा हुने यो व्यापारले उपभोक्ता र व्यापारीको सम्बन्धलाई अझ प्रगाढ बनाउ मद्यत गर्ने विस्वास व्यक्त गर्नु भयो । दमकको सुन्दरता पहिचान यसखाले बजारले समेत गर्ने भएकोले यसलाई निरन्तर सञ्चालन गर्नु चुनौती भएपनि सबै पक्षको साथ र समर्थन भए यसले सार्थकता पाउने उहाँको बिस्वास छ ।

दमक नगरपालिका वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापाले यसखाले बजारलाई बजारको अन्य क्षेत्रमा पनि फैलाउदै लैजान प्रोत्साहन गरिने बताउनु भयो । यो वडालाई उज्यालो वडा बनाउने अभियान अन्तर्गत बिभिन्न सडकलाई रातैभर उज्यालो बनाउने गरि काम गरिरहेको र यस क्षेत्रको अन्य आवश्यकतालाई पुरा गर्न समेत आफु प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । नमुना बजार क्षेत्रलाई यसखाले नै बजारको परिकल्पना गरि यस अघी सुरुवात पनि गरिएको स्मरण गर्दै वडाध्यक्ष थापाले भन्नु भयो तर त्यहाँका व्यापारीको सकरात्मक सकृयता कम भयो र त्यो सफल हुन सकेन , यहाँ त्यस्तो नहोस ।’

कार्यक्रमको प्रमुख अतिथि रहनु भएका वडा नं ७ का वडाध्यक्ष भीम प्रसाद पौडेलले यो बजारले दमकमा सुस्ताएको बजारको कारोबारलाई चलायमान बनाउन मद्यत गर्ने बिस्वास व्यक्त गर्नु भयो । यहाँको सुरक्षा प्रबन्धकालागी आफ्‌नो तहबाट गर्ने सबै समन्वय आफुले गर्ने बताउँदै यसको निरर्न्तामा लाग्न यहाँका व्यापारीहरुलाई उहाँले हौसाला बढाउनु भएको छ ।

कोरोनाले थीलथिलिएको व्यापार अझैपनि माथि उक्सन सकेको छैन । साथै दमकमा अहिले पनि साँझको समयमा कहि बाहिर निस्कौ भन्दा बजारनै बन्द हुने क्रममा हुन्छ । यस्तो बेलामा व्यापारीको पनि केहि व्यापार हुने अनी दिउँसोको चर्को घाममा नभएर साँझको समयमा पनि बजार घुम्न पाइने र सामान किन्दा पनि सस्तोमा पाइने । यहि व्यवस्था गराउन सन्धाकालीन सस्तो बजार सुरुवात गरिएको आईतबार सम्पन्न भएको उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका स्थानीय व्यवसायी कृष्ण ओलीले बताउनु भयो । यसको सफलताकालागी सबै पक्षको सकरात्मक साथ आवश्यक रहेको पनि उहाँले औल्याउनुभयो ।

यो बजार हरेक दिन साँझ ५ बजेदेखि रातको ९ बजेसम्म खुल्ने छ । यो सँधैभरि सञ्चालन गर्ने योजना बनाइएकोले यसलाई थप परीमार्जन गर्दै उपभोक्ताका अन्य आवश्यकीय सामान र खानाका स्टलहरु समेत राख्ने गरीको तयारी गरिरहिएको आयोेजनाको समन्वय गरिरनुभएका होलसेल व्यवसायी सघं दमकका अध्यक्ष राम रिमालले जानकारी दिनुभयो ।

भिडियो हेर्नुहोस ।–

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको