संघीय सरकारको बजेट पूर्व तयारीबारे झापामा छलफल

अर्थतन्त्रको वर्तमान खस्कँदो अवस्थालाई मध्यनजर गर्दै आगामी बजेटको मस्यौदा तयार गर्नुपर्ने

दमक, २३ चैत  । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले तयार गर्न लागेको बजेटको पूर्व तयारीका सन्दर्भमा झापाको बिर्तामोडमा शनिबार बृहत छलफल भएको छ ।

आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालको सहभागितामा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ झापाले आयोजना गरेको सो कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरु बीच आगामी बजेटको पूर्व तयारी बारे अन्तरक्रियात्मक छलफल गरिएको हो ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघकी सञ्जिता नेपालले सहजीकरण गरेको प्यानल डिस्कसनमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ केन्द्रीय अध्यक्ष अरुण राउत, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण विमली र चार्टर्ड एकाउण्टेण्ट्स शैलेन्द्र उप्रेती सहभागी बन्नु भएको थियो ।

छलफलमा उद्योगी–व्यवसायीहरुले अर्थतन्त्रको वर्तमान खस्कँदो अवस्थालाई मध्यनजर गर्दै आगामी बजेटको मस्यौदा तयार गर्नुपर्ने बताए । उनीहरुले हाल उद्योग पूर्ण क्षमतामा सञ्चालन नभइरहेको र व्यवसाय पनि सन्तोषजनक ढंगले चलायमान हुन नसकिइरहेको अवस्थालाई ध्यानमा राखेर करहरुको तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन् । कतिपय अवस्थामा दोहोरो–तेहेरो करका कारण उद्योगी–व्यवसायी हतोत्साही हुने गरेको गुनासो गर्दै नीति–नियम उद्योग–व्यवसायमैत्री बन्न सके मात्र आर्थिक गतिविधिलाई गति दिन सकिने सुझाव प्रस्तुत भयो ।

महानिर्देशक दाहालले उद्योगी–व्यवसायीहरुको तर्फबाट गहन सुझाव प्राप्त भएको भन्दै आएका सुझावहरुलाई आगामी बजेटका सन्दर्भमा विभिन्नस्तरमा हुने छलफलमा आफूले प्रस्तुत गर्ने र सुझावहरु सम्बोधन हुने गरी बजेट तर्जुमाका लागि आफूले पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभयो । दाहाललाई महानिर्देशकमा नियुक्त हुनु भएकोमा सम्मान समेत प्रदान गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

काठमाडौं,१७ भदौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते

गुटेरेसको चेतावनी देखि भोटेकोशी विपद् र न्यायको खोजीसम्म

काठमाडौँ,१७ भदौ । नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र त्यसले निम्त्याइरहेको विपद्ले देशको जलवायु संकट अब चेतावनीको तहबाट पार गरी वास्तविक

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको