पथरी शनिश्चरेमा प्रथम वडाध्यक्ष फुटबल

वडा नम्बर १ र ९ बीच उपाधिको भिडन्त

पथरी, २४ चैत / मोरङको पथरी शनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयको आयोजनामा सञ्चालित प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर १ र ९ बीच उपाधिका लागि भिडन्त हुने भएको छ ।

 

आइतबारको सेमिफाइनल खेलमा वडा नम्बर २ लाई टाइब्रेकरमा पराजित गर्दै ९ नम्बरले फाइनलको यात्रा तय गरेको छ । निक्कै रोमाञ्चक खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–५ गोल अन्तरले ९ नम्बर विजयी हुँदै वडा नम्बर १ सँग भोलि हुने फाइनल खेलमा भेट पक्का गरेको हो । वडा नं. ९ का योगेश धिमाल आजको खेलको म्यान अफ दी म्याच घोषित बन्नुभयो ।

 

भोलिको फाइनल खेल दिउँसो ३ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य