राष्ट्रिय जनसांस्कृतिक महासंघ कोशीमा पुनः जेबी

दमक, २४ चैत / बामपन्थी सर्जकहरु सम्मिलित राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल कोशी प्रदेश समितिको दोस्रो अधिवेशनले पुनः जे बी थुलुङलाई नै अध्यक्ष चुनेर नयाँ कार्यसमिति सर्वसहमत चयन भएको छ ।

 

मोरङको बेलबारीमा सम्पन्न अधिवेशनले चार बर्षे कार्यकालका लागि उपाध्यक्षद्वय सरस्वती दुमी राई र रामजी विष्ट, , सचिवमा राजेश चाम्लिङ, सहसचिवमा टेकराज मगर, कोषाध्यक्षमा हेमा भण्डारी चयन हुनु भएको छ ।

 

साथै, राष्ट्रिय जनसङ्गीत कलाकार संघको अध्यक्षमा सञ्जिव धिमाल, उपाध्यक्षमा ओमविक्रम ओझा, सचिवमा भाष्कर सिटौला, सहसचिव रेनुका राई र कोषाध्यक्ष हीरा ओझा चयन हुनु भएको छ ।

 

राष्ट्रिय जनसाहित्यिक संघको अध्यक्षमा दीपा मंग्राती, उपाध्यक्षमा कविता केशरी, सचिवमा रमेश धमला र कोषाध्यक्ष पवित्रा घिमिरे चुनिनु भयो ।
सोही कार्यक्रममा भएको राष्ट्रिय ललितकला संघको अध्यक्षमा विष्णुकुमार थापा, उपाध्यक्षमा उद्वव गुरुङ, सचिवमा भीम पुरी, सहसचिवमा शिवकुमार राई र कोषाध्यक्ष तिलक राई निर्वाचित हुनुभयो ।

 

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा केवल तामाङ, उपाध्यक्षमा भीम लामा, सचिवमा नवीन मेन्याङ्वो, सहसचिवमा रविन श्रेष्ठ, कोषाध्यक्षमा रणबहादुर थाङ्देनलाई चयन गरिएको छ ।

 

समितिका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज भूमिका सुब्बाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । विशिष्ट अतिथिका रुपमा नेकपा (एमाले ) प्रदेश अध्यक्ष घनश्याम खतिवडा तथा अतिथिहरू संविधानसभा सदस्य मधु गुरुङ, राष्ट्रियसभा पूर्व सदस्य खेम नेपाली, प्रदेशसभा सदस्य मीना श्रेष्ठलगायत रहनु भएको थियो । कार्यक्रममा विभिन्न समितिका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण समेत गराइएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य