सहकारी ठगी प्रकरण

रविलाई आज भैरहवा कारागार पठाइँदै

धरौटीमा छुट्दै आएका रविलाई यो पटक कारागार पठाउने आदेश

दमक, २५ चैत  । सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोमबार (आज) रुपन्देहीको भैरहवा कारागार चलान गरिने भएको छ ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । त्यसपछि शनिबार रविलाई पक्राउ गरी रुपन्देहीको भैरहवा पुर्‍याइएको थियो ।

लगातार पक्राउ पर्दै र धरौटीमा छुट्दै आएका लामिछानेलाई पुनः रुपन्देहीमा ठगीको मुद्धा परेपछि पक्राउ गरी कारागार नै पठाउने निर्णय भएपछि त्यता पठाइएको थियो । शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर शनिबार भैरहवा पठाइएको थियो । त्यसपछि रुपन्देहीस्थित भैरहवामा लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले जनाउनुभयो ।

आइतबार विदा परेकाले लामिछानेलाई सोमबार अदालत खुलेपछि कारागार पठाउने तयारी भएको उहाँले बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

काठमाडौं,१७ भदौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते

गुटेरेसको चेतावनी देखि भोटेकोशी विपद् र न्यायको खोजीसम्म

काठमाडौँ,१७ भदौ । नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र त्यसले निम्त्याइरहेको विपद्ले देशको जलवायु संकट अब चेतावनीको तहबाट पार गरी वास्तविक

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको