संसदीय समितिको ध्यान

रुग्ण उद्योग बचाउनु कि उपभोक्ताको ज्यान ?

झापाका चिया तथा प्लाईउड उद्योगीहरुले भारत निकासीमा भइरहेको अवरोध फुकाउन समितिसमक्ष आग्रह गरेका छन् ।

भद्रपुर, २५ चैत । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरु यति बेला कोशी प्रदेशका रुग्ण र संकटग्रस्त उद्योगको अनुगमनमा छन् ।

 

 

झापा क्षेत्र नम्बर ४ का सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य एलपी सावाँ लिम्बूको नेतृत्वमा समितिका पाँच जना सदस्य र केही कर्मचारी उद्योगहरुको अनुगमनमा निस्केका हुन् । टोलीमा सांसद सावाँका साथ क्रान्तिका सेजवाल, डोलप्रसाद अर्याल, रुकमणी राना बराइली र सीता मिजार सहभागी हुनुहुन्छ ।

 

 

सोमवार बिहान झापा आइपुगेको टोली दिनभर झापाका उद्योगी, व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारी, सञ्चारकर्मी र उपभोक्ता अधिकारकर्मीहरुसँग छलफलमा व्यस्त भयो । सो क्रममा झापाका चिया तथा प्लाईउड उद्योगीहरुले भारत निकासीमा भइरहेको अवरोध फुकाउन समितिसमक्ष आग्रह गरेका छन् ।

 

 

त्यस्तै उपभोक्ता अधिकारवादीहरुले भारतबाट आयातित विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको भन्दै त्यस्ता खाद्यवस्तुको आयात रोक्नुपर्ने प्रस्ताव गरेका छन् ।

 

समितिका सदस्यहरुले उदयपुर सिमेन्ट कारखानाका साथै धरानको छाला उद्योग, विराटनगर जुट मिलका साथै सुनसरी मोरङ औद्योगिक करिडोरका अन्य उद्योगहरुको समेत अनुगमन गर्ने कार्यतालिका छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

काठमाडौं,१७ भदौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते

गुटेरेसको चेतावनी देखि भोटेकोशी विपद् र न्यायको खोजीसम्म

काठमाडौँ,१७ भदौ । नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र त्यसले निम्त्याइरहेको विपद्ले देशको जलवायु संकट अब चेतावनीको तहबाट पार गरी वास्तविक

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको