खेतीकिसानी

सयौं किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार

१५ वटा कृषि समूहलाई मकै छोडाउने मेसिन वितरण गरियो भने १२६ जना किसानलाई विषादी छर्ने मेसिन, ३८ जनालाई मकै रोप्ने मेसिन वितरण गरियो ।

दमक, २६,चैत । दमक भन्ने वित्तिकै सहर मात्र हो भन्ने बाहिरकाले बुझ्ने बुझाई छ । नगरको वडा नम्बर ५, ६, ७ मुख्य रुपमा पूर्ण सहर भएपनि अन्य वडाहरु बढी मात्रामा खेतीयोग्य जमिन भएका वडामा पर्दछन् । यस हिसाबले पनि दमक नगरले कृषि क्षेत्रको प्रवद्र्धनमा सघाउन कृषि औजार तथा उपकरण अनुदान कार्यक्रम अघि बढाएको छ ।

जस अन्तर्गत यस वर्षको कार्यक्रममा नगरमा रहेका बिभिन्न किसान समूह र व्यक्तिगत रुपमै खेती गरिरहेका किसानहरुलाई समेत कृषि औजार वितरण गरिएको छ । मंगलबार नगरपालिकामा औपचारिक कार्यक्रमको आयोजना गर्दै १५ वटा कृषि समूहलाई मकै छोडाउने मेसिन वितरण गरियो भने १२६ जना किसानलाई विषादी छर्ने मेसिन, ३८ जनालाई मकै रोप्ने मेसिन वितरण गरियो । अवको केही दिनमा ४८ जनालाई ड्याङ खन्न मिल्ने सानोखाले हलो पनि वितरण गरिने छ । किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरिएको हो । नगरपालिकाले खरिद गरेर ल्याएको औजार लैजान किसानले ५० प्रतिशत रकम भुक्तानी गरेका छन् । सबै सामानको कुल मूल्य ७ लाख ६० हजार पुगेको र यसमा ३ लाख ८० हजार रुपैँया किसानको लगानी परेको नगरपालिकाको कृषि शाखा प्रमुख चन्दा भट्टराईले जानकारी दिनुभयो । उहाँले यी औजारको प्रयोग गर्ने तरिका पनि सिकाउनु भयो ।

कृषि औजार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रामकुमार थापाले कृषि उत्पादनमा जोड दिनका लागि कृषि औजार वितरण गरिएकाले यसले कृषकलाई उत्साह भर्न सक्ने जनाउनु भयो ।

कार्यक्रमा नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईंले कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि प्राप्त नहुने भन्दै कृषिलाई आधुनिकिकरण गर्नु आवश्यक भएकाले कृषि औजार प्रदान गरिएको प्रसंग अघि सार्नुभयो ।

५० प्रतिशत अनुदानमै भएपनि कृषि औजार पाएकोमा किसानहरु दङ्ग देखिन्थे । यसको सहि सदुपयोग गर्न सके उत्पादन बृद्धि हुनेमा उनीहरुको समेत विश्वास रहेको छ । दमकका ८० प्रतिशत भुभागक खेती योग्य छ ।

यहाँ वडा नम्बर १, ५ र ७ को केही भुभाग, ८ को दक्षिण तर्फका अधिकांश भुभाग, वडा नम्बर २, ३, ४, ९ र १० व्यवसायीक खेती हुने गर्दछ । वडा नम्बर ६ मा भने कौशी खेती गरेर तरकारी तथा अन्य कृषि उत्पादन हुने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

काठमाडौं,१७ भदौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते

गुटेरेसको चेतावनी देखि भोटेकोशी विपद् र न्यायको खोजीसम्म

काठमाडौँ,१७ भदौ । नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र त्यसले निम्त्याइरहेको विपद्ले देशको जलवायु संकट अब चेतावनीको तहबाट पार गरी वास्तविक

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको