अछाममा आगलागीमा २७ घर जले, सात करोड बढीको क्षति

जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

अछाम, २७ चैत / अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा भएको आगलागीमा २७ वटा घर जल्दा सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।

 

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिन्डर विस्फोट हुँदा गएराति फैलिएको आगोले बजार ध्वस्त पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जनाउनु भयो । उहाँले आगलागीबाट सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरूबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने उल्लेख गर्नुभयो ।

 

मंगलसेन नगरपालिकाको दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको छ । तस्वीर : धनराज साउद

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

काठमाडौं,१७ भदौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते

गुटेरेसको चेतावनी देखि भोटेकोशी विपद् र न्यायको खोजीसम्म

काठमाडौँ,१७ भदौ । नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र त्यसले निम्त्याइरहेको विपद्ले देशको जलवायु संकट अब चेतावनीको तहबाट पार गरी वास्तविक

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको